Logo

हिटको बाटोमा ‘चङ्गा चेट’को ‘गोजीमा दाम छैन’ !

फिल्म ‘चङ्गा चेट’को ‘गोजीमा दाम छैन’ बोलको गीत रिलिज भएको बल्ल तीन दिन भयो । तर यो गीतले महिनौँ पहिले रिलिज गीतले जस्तै चर्चा बटुलेको छ । दर्शक श्रोतामाझ आएको छोटो समयमा गीतको अडियो लोकप्रिय बनिसकेको छ ।

भिडियोले नेपाली युट्युव ट्रेन्डिङको १२ औं स्थान कब्जा गरिरहँदा करिब ७ लाख बराबरले हेरेका छन् । १४ हजार लाईक पाएको छ भने तीन हजार ब्यक्त छन् । तर रोचक कुरा के छ भने भिडियोले दिनप्रतिदिन हाइप क्रियट गर्दै जाँदा गीतको अडियो सामाजिक सञ्जालमा हिट बनिसकेको छ ।

त्यसै पनि रिलिजपछि गीतको अडियोलाई भिडियोको मेकिङ भन्दा पाउरफूलको संज्ञा दिईएको थियो । यतिबेला सर्वाधिक चर्चा पाएको तथा युवापुस्तादेखि बृद्धसम्मले प्रयोग गरिरहेको ‘म्यूजिकल्ली’ उर्फ ‘टिकटक’मा यो गीतलाई जोडेर हजारौँ भिडियोहरु बनेका छन् । ‘चङ्गाचेट’ निर्मात्री शर्मिला पाण्डेले हालसम्म ४ हजार बढि ‘टिकटक’ प्रयोगकर्ताले ‘गोजीमा दाम छैन’को भिडियो बनाएको बताइन् ।

गीत हिटको बाटोमा जाँदा पाण्डेले खुशी व्यक्त गरिन् । ‘रिलिजकै हप्ता यतिधेरै लोकप्रिय हुने सायदै कम गीत होलान, पाण्डेले भनिन्, ‘गोजीमा दाम छैन’को लोकप्रियताले फिल्मप्रति दर्शकको चासो र क्रेज बढ्नेमा विस्वस्त छु ।’ फिल्म भने आगामी कार्तिक १६ बाट दर्शकमाझ आउनेछ ।

माधव वाग्ले प्रस्तुतकर्ता रहेको फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री, परमिता आरएल राना, सुरक्षा पन्त, रविन्द्र झा फिल्ममा लिड अभिनयमा छन् ।

Comments