Logo

एक्सन हिरोमा जमे अनुप, ‘जय शम्भु’ प्रतिक्रियाले उत्साहित

फिल्म ‘जय शम्भु’ शुक्रबारबाट नेपाली पर्दामा प्रदर्शनरत छ । ‘कृ’ पछि करिब १ बर्षको अन्तरमा एक्सन फिल्म पर्दामा आउँदा दर्शकले राम्रै साथ दिए । बिशेषतः अभिनेता अनुपबिक्रम शाहि र प्रशान्त ताम्राकारबीचको टकराब र फिल्मको मुख्य थिम बनाइएको एक्सन पाटो यतिबेला चर्चाको बिषय छ ।

‘कृ’मा जोडिएको एक्सन दृश्यले चर्चामा आएका तथा एक्सनमा अनमोल केसीलाई समेत छायाँमा पारेका अभिनेता अनुपको कामले यतिबेला पनि उत्तिकै चर्चा पाएको छ । क्यारेक्टर रोलदेखि खलपात्र र हिरो सबैमा फिट देखिएका अनुप यतिबेला एक्सन नायकमा पनि फिट भएका छन् ।

अनुपले ‘जय शम्भु’ रिलिजसँगै एक्सन स्टारको ट्याग पाएका छन् भने एक समय निखिल उप्रेती एक्लैले धानेको नेपाली फिल्मको एक्सन यतिबेला अनुपले काँध थाप्ने समयमा पुगेको समेत चर्चा सुरु भएको छ । फिल्ममा उनले देखाएको अभिनय, विभिन्न पाटोमा जोडिएका ‘स्टण्ट’ले हलमा सिट्ठी र हुटिङ पाएको छ ।

शनिबार अनुपसहितको कलाकारहरुको टिम राजधानीका विभिन्न हलमा पुग्दा दर्शकले घेरे । दर्शकको भिडबाट बाहिर निस्किन अनुपलाई हम्मे हम्मे परेको थियो । उनिसँग सेल्फी खिच्ने, अंकमाल गर्न खोज्नेदेखि चुम्बन दिन खोज्नेसम्म फ्यान हलमा भेटिए । जसले पनि अनुपको स्टारडम प्रमाणित गर्छ भने उनको एक्सन अबतार सशक्त बनेको प्रमाण समेत पेश गर्छ ।

‘कमेडी र लभस्टोरीको भीडमा लामो समयपछि पर्दामा आएको एक्सन फिल्मलाई दर्शकले दिएको साथले खुशी छु, अनुपले उत्साहित मुद्रामा भने, ‘विदेशी फ्लेभर दिने एक्सन प्रयोगको कोशिस गरिएको छ, हालसम्म फिल्म हेरेर प्रतिक्रिया दिनुभएका दर्शकबाट भोलीको दिनमा एक्सनमा लाग्न थप हौसला मिलेको छ ।’

पाँचतारे होटल बनाउने मिसनमा लागेका प्रशान्त (भिलेन) समय अन्तरले अभिनेत्री बर्षा शिवाकोटीसँग ठोकिएपछि यो पुर्व नै प्रेममा परिसेकका अनुपसँग पर्ने टकराबको वरीपरी फिल्म घुमेको छ ।

Comments