‘ब्ल्याक’ सुखद ओपनिङ, हलमा देखियो आँचल र आकाशको क्रेज
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ब्ल्याक’ले सुखद ओपनिङ गरेको छ । प्रतिस्पर्धी फिल्मभन्दा तुलनात्मक रुपमा सकारात्मक प्रतिक्रिया पाएको फिल्मको पहिलो शनिबारको बिजनेस उत्साहप्रद रह्यो ।
शनिबार निर्माण टिम सहित मुख्य कलाकारहरुको टोली राजधानीका विभिन्न हल पुग्दा हाउसफूल दर्शकले हुटिङले स्वागत गरेका थिए । गोपिकृष्ण, अष्टनारायण हलमा पुग्दा दर्शकले लिड कलाकार आकाश श्रेष्ठ, आँचल शर्मा, आयुष रिजाललाई सेल्फीमा घेरे ।
लामो समयको अन्तरमा पर्दामा फर्केका तथा मल्टिप्लेक्समा उपस्थिती जनाएका पुराना अभिनेता आयुषको पहिलो पटक गरेको नेगेटिभ क्यारेक्टरलाई पनि दर्शकले तारिफ गरेका छन् ।
उता ‘जोनी जेन्टलमेन’ पछि पहिलो पटक सोलो हिरोइनको रुपमा देखिएकी अभिनेत्री आँचलको क्रेज हलमा राम्रो देखियो । गोपिकृष्ण हलमा दर्शकको वाहि वाहि पाएकी आँचल अष्टनारायण हल पुगेर शो चलिरहँदा दर्शक भेट्न हल छिरेकी थिइन् । करिब १ हजार बराबर दर्शकले हाउसफूल शो मा आँचल आँचलको हुटिङ दिए भने ‘ब्ल्याक २’ को माग समेत राखे ।
दर्शकको साथबाट उत्साहित आँचलले नेपाली फिल्मलाई माया गर्ने सबै दर्शकलाई धन्यबाद बोलिन् । ‘मेरो बोल्ड प्रस्तुतीलाई पनि बालकदेखि बृद्धसम्मले राम्रो भन्नुभयो, चकलेटी र हाँसीरहने रमाइरहने क्यारेक्टरबाट भिन्न प्रस्तुतीमा आउँदा दर्शकले दिएको प्रतिक्रियाले आफुले कामलाई न्याय गरेको अनुभुती गरेकी छु’, आँचलको तर्क छ ।
अभिनेता आकाशले निकै राम्रो प्रस्तीसहितका प्रतिक्रियाहरु दर्शकबाट पाएको र कामको रिजल्ट पनि राम्रो पाएको बन्दै खुशी व्यक्त गरे । फिल्म हेरिसकेका दर्शकलाइ धन्यबाद भन्दै नहेर्नुभएका दर्शकलाई हलसम्म पुगेर नेपाली फिल्म हेरि माया गर्न आग्रह आँचल र आकाशले गरेका छन् ।
उता मल्टिप्लेक्स तर्फपनि प्राप्त शोजहरुमा ‘ब्ल्याक’ले दर्शकको राम्रो साथ पाएको छ । शनिबार सिभिल मल, कुमारी, एफक्यूब, बिग सिनेमा सबैमा दर्शकको उपस्थिती उल्लेख्य थियो । मोफसल बितरकहरुबाट प्राप्त जानकारी अनुसार फिल्मको राजधानी बाहिरको बिजनेस पनि सुखद छ । सुरुवाती दुई दिनको नै आधिकारिक ब्यापारिक आँकडा भने निर्माण टिमले सार्वजनिक गरेको छैन ।
आश्मा फिल्मस् को ब्यानरमा बनेको ‘ब्ल्याक’मा आश्मा पाण्डे र चेतनकुमार पाण्डेको लगानी छ । प्रदिप श्रेष्ठ निर्देशित फिल्ममा सुन्दर श्रेष्ठ, प्रिया रिजाल, सुशिल क्षेत्री, सुशान्त कार्की लगायत अभिनयमा छन् । फिल्मलाई राजधानीमा गोविन्द शाही र मोफसलमा उज्जल पौडेलसहित मनोज राठीले वितरणको जिम्मा लिएका छन् ।