‘रोजी’बाट दर्शकलाइ भिन्न स्वादः प्रदिप खड्का
युवा स्टार प्रदिप खड्का पछिल्लो फिल्म ‘लिलिबिली’पछि पाँच महिनाको अन्तरमा पर्दामा आउँदैछन् । स्टारडम बोकेका सिमित स्टारहरुको भीडमा गिन्तीमा आउने प्रदिपको फिल्म ‘रोजी’ प्रदर्शनको क्रममा रहँदा पुनः उनको चर्चा चुलिँदो छ ।
त्यसो त ‘रोजी’मा समावेश प्रदिपको लुक्समा कारण पनि उनिबाट यो पटक केहि फरक संभावना र आशा फ्यान तथा दर्शकदिर्घामा छ । क्राइम थ्रीलर फिल्मको चुनौतीलाई चिर्दै प्रदिप दर्शकको साथ पाउन कति सफल हुन्छन् भन्ने प्रश्नहरु पनि उत्तिकै छन् । भदौ २२ बाट यो फिल्म प्रदर्शनमा आउँदैछ ।
‘स्क्रिप्ट र पात्रको सशक्तताले फिल्मप्रति निकै आशावादी छु’ प्रदिप सुनिए, ‘पहिलोपटक थ्रीलर फिल्म गर्दैछु । मेरो लागि यो अलग जनरा हो । दर्शकले मभित्र भिन्न स्वाद प्राप्त गर्नुहुनेछ ।’
प्रदिपले यो फिल्ममा दुई अभिनेत्री मिरुना मगर र परमिता आरएल रानासँग जोडी बाँधैका छन् । बर्षौ पहिले काठमाडौं मै घटेको ‘रोजी महर्जन हत्याकाण्ड’सँग कथा जोडिएको भन्दै यो फिल्मले विवाद पनि खेप्यो । अन्ततः निर्माण टिमले सबै विवाद ”क्लियर’ भएको समेत बताएको छ ।
राजधानीमा हालै आयोजित प्रेस भेटघाटमा कलाकार, संगीतकार, गायक गायिका सहितको निर्माण टिम उपस्थित थियो । निर्देशक नीरक पौडेलले आफूले रोजीमार्फत दर्शकलाई न्याय गर्ने बताए । ‘मैले दर्शकलाई फिल्ममा न्याय गर्छु र निराश तुल्याउँदिन’ पौडेल सुनिए । यसअघि रिलिज भएका कुसुमे रुमाल २ र होमवर्कलाई दर्शक र समिक्षक दुबैले हरियो झन्डा देखाएका थिए ।
संगीतकार एलिस कार्कीले फूल हैन…गीतले सफलता प्राप्त गरेको बताए । ‘म्युजिकल्ली कन्टेस्टमा सयौं सहभागि हुँदैछन् । इन्टरनेटमा समेत यसले राम्रो भ्यूअर्ज प्राप्त गरेको छ’ पाश्र्वध्वनी डिजाइनर समेत रहेका कार्कीले भने, ‘फूल हैन गीत हाम्रा लागि पब्लिसिटीको बलियो माध्यम पनि हो ।’
गायक प्रताप दास र गायिका प्रविशा अधिकारीले फूल हैन गीतको सफलता र आफ्नो अनुभवमाथि प्रकाश पारे । नेपाल आइडल फेम्ड गायक दासले गीतमा अधिकारीसँग टीमअप गरेका छन् ।