Logo

‘कायरा’ सुखद ओपनिङ, पहिलो दिन बर्षकै सर्वाधिक बिजनेस (बक्सअफिस)

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘कायरा’ले सुखद ओपनिङ गरेको छ । केहि समयको अन्तरमा पर्दामा फर्केका चकलेटी स्टारको उपमा पाएका आर्यन सिग्देल र साम्राज्ञीराज्य लक्ष्मी शाह स्टारर फिल्मले प्रदर्शनको पहिलो दिन दर्शकको राम्रो साथ पाएको रिपोर्ट प्राप्त छ ।

बर्षातको कारण दिवा शो प्रभावित हुँदा पनि फिल्मले संभवतः बर्ष २०७५ मा प्रदर्शनमा आएका सबैजसो फिल्मको भन्दा राम्रो ओपनिङ गरेको छ । बितरक सुनिल मानन्धरलाई आधार मान्दा फिल्मले पहिलो दिन देशब्यापी रुपमा ५० प्रतिशत आसपासको अकुपेन्सी कायम गरेको छ ।

फिल्मीनेपालको टिम राजधानीको केहि हलमा पुग्दा फिल्मप्रति दर्शकको आकर्षण राम्रो देखियो । मु्ख्यतः मल्टिप्लेक्समा फिल्मको बिजनेस राम्रो पाइएको छ । क्यूएफएक्सको राजधानी चेन अन्तर्गतका केहि शोजहरुमा दिवा शो मा फिल्मले हाउसफुल बिजनेस गर्यो । सेन्ट्रल सिनेमा सिभिल मलको दिवा शो हाउसफूल बन्दा केहि दर्शक टिकट नपाएर अर्को शो पर्खिँदै गर्दा भेटिए ।

यस्तै राजधानीका मेजर हल कुमारी, छायाँ सेन्टर, लाबिङ मलमा पनि फिल्मको बिजनेस सुखद छ । बिगसिनेमा, एफक्यूब हलमा पनि फिल्म हेर्ने दर्शकको उपस्थिती राम्रो पाइएको छ । सिङगल स्कृनतर्फ केहि कम मात्रामा दर्शकको उपस्थिती भेटिँदा बक्सअफिस सिस्टम कार्यान्वयनपछि हालै मात्र मल्टिप्लेक्सको दर्जा पाएका अष्टनारायण, गोपीकृष्ण लगायतका हलमा पनि दर्शकको उपस्थिती सुखद देखिएको हल सञ्चालकले बताएका छन् ।

लक्ष्मण रिजाल निर्देशित फिल्मलाई लभ स्टोरी जनरा मन पराउने दर्शकले मन पराएका छन् । केहि ‘लेन्दी’ तथा नियमित फिल्म नहेर्ने दर्शकको लागी अलिक ‘हार्ड प्रिजेन्टेसन’ भएको केहि दर्शकको तर्क थियो । इनिसियल बिजनेस भनेकै स्टारडमको मापन हुँदैगर्दा आर्यन र साम्राज्ञीको जोडी सफल हुने विश्वास शुभचिन्तकहरुको छ ।

फिल्मको आधिकारिक बिजनेस प्राप्त नहुँदा शनिबारको बिजनेस अर्थपुर्ण रहनेछ । शनिबार हलहरुमा देखिने दर्शकको फ्लो र कायरा प्रतिको आकर्षणले फिल्मको सफलता मापन गर्नेछ । आर्यन यो फिल्मका प्रस्तुतकर्ता पनि हुन् ।

Comments