Logo

दर्शक झुक्याउने पूजा शर्मा कि ‘रामकहानी’को ट्रेलर ?

बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्म ‘रामकहानी’को ट्रेलर रिलिज गरियो । लभस्टोरी अनि कमेडी जनरा बोलिएको फिल्मको ट्रेलरमा केहि हरर दृश्य जोडिएसँगै दर्शकलाई सस्पेन्स पनि निर्माण टिमले छोड्यो ।

कार्यक्रममा निर्देशक सुदर्शन थापाले फिल्म विसुद्ध लभस्टोरी नै रहेको दाबी गरे । मिडियाकर्मीको बाक्लो उपस्थिती रहेको कार्यक्रममा अभिनेत्री पूजा शर्मा भने कुनै बेला फुरुङ्ग अनि कुनै बेला भावुक बनिरहेकी देखिन्थिन् ।

यो बीचमा ट्रेलर हेरिसकेपछि पत्रकारको प्रश्न तेर्सियो, लभस्टोरी अनि कमेडी भनिएको ट्रेलरमा ‘हरर’ दृश्य आए, दर्शक त झुक्किँदैनन् नी ? पूजाले जवाफ फर्काइन् ‘ट्रेलर भनेकै दर्शक झूक्याउने हो’ ! पूजाको यो प्रश्नले उपस्थित सबै अच्चमित भए । यो बोलिसक्दा गलत बोलेको सम्झिँदै पूजाले वाक्य सच्याउने प्रयास पनि गरिन् ।

तर उनको कुरालाई निर्देशक थापाले बचाउ गरे । अनि उल्टै मिडियाको समाचारको हेडलाइन लाई ब्यङ्ग्य गर्दै अब यस्तो समाचार आउछ होला होइन् भन्दै हाँसो जोडे ।

ट्रेलर भनेको फिल्मको मुख्य ‘थिम’ बुझाउन दर्शकलाई आकर्षण गर्न केन्द्रिय पाटोलाई जोडेर कुनै पनि फिल्म रिलिज हुनुभन्दा पहिले बाहिर ल्याइने केहि मिनेटको अंश हो । तर पूजाले भने ट्रेलर दर्शक झुक्याउने कुरा भनेर के भन्न खोजिन् उनलाई नै थाहा होला । अब भन्नुस् ट्रेलर दर्शक झुक्याउने कुरा हो कि यो झुट बोलेर पूजाले नै दर्शकलाई झुक्याउन खोजेकी ?

Comments