‘पुरानो बुलेट’ ८५ प्रतिशत छायाँकन सकियो, काठमाडौं सेड्युअल सुरु
क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भइरहेको फिल्म ‘पुरानो बुलेट’को छायांकन ८५ प्रतिशत सकिएको निर्माण पक्षले जनाएको छ । असार १६ देखि छायांकन सुरु भएको यस फिल्म काठमाडौं र पूर्वी मोरङको लेटाङ, पथरी शनिश्चरे, बेतना, झापाको दोमुखा, धनकुटाको नाम्जे लगायतको स्थानमा ८५ प्रतिशत छायांकन गरी पुनः सुटिङ युनिट काठमाडौं आइपुगेको छ ।
फील्मको बाँकी १५ प्रतिशत काठमाडौंमा छायांकन गरिने निर्माता मध्येका विरेन साम्बाले जानकारी दिए । साचार तयार हुँदै गर्दा फिल्मको उपत्यका छायाँकन सेड्यूअल पनि सुरु भएको छ । ‘पुरानो बुलेट’मा अभिनेता अनुपविक्रम शाही प्रमुख भूमिकामा छन् । शाहीलाई अभिनेत्रीद्वय वर्षा शिवाकोटी र माला लिम्बुले साथ दिएका छन् ।
सञ्चारकर्मी रहेका भीषण राईको डेब्यु निर्देशन रहेको फिल्मको कथा सन्तोष राई र निर्देशक भीषणले लेखेका हुन् । यकविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, बादल श्रेष्ठ, शिव मुखिया, दिवज राई, करण धिताल, युडी गुप्ता लगायत अभिनयमा छन् ।
१ करोड बढि लागतमा बन्न लागेको फिल्मको कथा तथा पटकथा लेखनमा निर्देशक भीषणसँग सन्तोष राईले साझेदारी गरेका छन् । सन्तोष यो फिल्मका कार्यकारी निर्माता हुन् । फिल्म ‘पुरानो बुलेट’मा अशोककुमार राई (अशोक साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा छन् । रीतसिंह बोहराले मुख्य सहायक निर्देशकको भुमिका निभाइरहेका छन् ।
हरि घले लामाले खिचिरहेको ‘पुरानो बुलेट’को संगीतकार उत्तमजंग लिम्बु हुन् । फिल्मलाई मंसिरमा प्रदर्शन ल्याउने निर्माण ब्यानर क्रेजी इन्टरटेनमेन्टले जनाएको छ ।
(पुर्वबाट सञ्चारकर्मी सन्तोष राईको सहयोगमा)
यो पनि पढ्नुहोस्ः