पलको अनुपस्थितिमा अग्निपरीक्षा, आँचल बन्न सक्लिन् साम्राज्ञी ?
आँचल शर्मा, पछिल्लो पुस्ताकी उदयिमान अभिनेत्रीमा अग्र पङ्गतिमा नाम आउँछ । ‘नाई नभन्नु ल ४’बाट नेपाली रजतपटमा डेब्यू गरेकी आँचलको सुन्दरता र अभिनयको प्रशंसक पनि धेरै छन् ।
यदाकदा उनले डेब्यू गर्दा स्कृन सेयर गरेका अनि पछिल्लो पुस्ताको स्टार अभिनेताको उपमा पाएका पल शाहसँग नाम जोडिँदै गर्दा पलकै कारण आँचल हिट भएको आरोप पनि उनलाई लाग्छ भने पलसँगको प्रेम प्रसङ्गका गसिपहरु पनि बजारमा प्रायः चर्चामा रहन्छन् । अब भने आफुलाई लाग्दै आएको आरोपलाई झुट साबित गर्न आँचललाई अबसर र चुनौती बनेर फिल्म ‘ब्ल्याक’ आउँदैछ ।
‘नाई नभन्नु ल’को चौथौ सिरिजपछि ‘ब्ल्याक’सम्म आइपुग्दा आँचलले पलसँग मात्रै जोडी बाँधेर ‘जोनि जेन्टलमेन’ र ‘शत्रुगते’ मार्फत पर्दामा आइसकेकी छिन् । अब भने उनले पलसँग नभइ अर्का अभिनेता आकाश श्रेष्ठसँग अन स्कृन रोमान्स गरेको फिल्म ‘ब्ल्याक’ रिलिजको तयारीमा हुँदा उनले पलसँग जोडिएर लाग्दै आएको आरोप कति चिर्नसक्छिन् भन्ने गाइगुइँ सिनेवृत्तमा सुरु भएको छ ।
आँचलको लागी ‘ब्ल्याक’ अग्निपरिक्षा बन्नक्छ, जसले उनको स्टारडम मापन गर्नेछ, प्रसनल फलोअर्स र सुभचिन्तकहरुको हिसाब पनि राख्नेछ । त्यसो त नेपाली फिल्म उधोगलाई हिरो प्रधान भनिँदै आउँदा पछिल्लो क्रमकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह लगायतले अभिनेत्रीको स्टारडम पनि प्रमाणित गरिसक्दा त्यो ‘वे’मा आँचल आउन सक्छिन या सक्दिनन् पनि प्रतिक्षाको विषय छ ।
साङ्गितिक रुपमा ‘ब्ल्याक’ सफल बनिसक्दा रिलिजको छेकोमा ट्रेलरप्रति पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया व्यक्त छन् । आँचल र आकाशको जोडीलाई धेरैले ‘वाह’ बोलिसकेका छन् तर पुरा फिल्ममा यो जोडीको केमेष्ट्रि कस्तो जमेको छ त्यसको लागी भने रिलिज पर्खिनुको विकल्प छैन् । अर्कोतर्फ आँचलले पलबिना आफु अन्य कोहि हिरोसँग जोडी बाँधेर पर्दामा आउँदा या आफ्नै नाममा पनि टिकट काटेर फिल्म हेर्ने दर्शक कति पाउँछिन् भन्ने पनि पर्खाइको अर्को विषय छ ।
उल्लेखित कुराहरु नै आँचलको स्टारडमलाई जजमेन्ट गर्ने उपयुक्त विषय बन्नसक्छन् । त्यसैले आँचलले आफुलाइ प्रमाणित गर्न र लाग्दै आएका आरोपबाट मुक्त हुन ‘ब्ल्याक’ फिल्म सफल हुनुको विकल्प नहुनसक्छ । फिल्म कस्तो बनेको छ र कस्तो कन्टेन्ट उठाएको छ परको कुरा हो, तर कोहि कलाकारको स्टारडम मापन गर्न उक्त फिल्मले गर्ने इनिसियल बिजनेसल महत्वपुर्ण हुनसक्छ ।
भलै आँचलको कारण मात्र फिल्म सफल हुनुपर्छ भन्ने नहोला तर आफुलाई प्रमाणित गर्न र स्टार अभिनेत्रीको छबि बनाउन यो फिल्मको सफलताको विकल्प आँचलसँग हुनेछैन् । यदि ‘ब्ल्याक’मा उनको अभिनय पनि दमदार नहुने, फिल्मले असफलको ट्याग पाउने हो भने उनलाई लाग्दै आएका आरोपहरुमा थप इट्टा थपिनेछन् । आश्मा पाण्डेको निर्माणमा प्रदिप श्रेष्ठ निर्देशित ‘ब्ल्याक’ भदौ १ अर्थात आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।