Logo

मोफसल यात्रामा ‘कायरा’ टिम, पोखरा पुगेर आर्यन साम्राज्ञीले के बोले ?

आर्यन सिग्देलको निर्माणमा बनेको फिल्म ‘कायरा’ श्रावण १८ देखि रिलिज हुँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिम यतिबेला प्रचारप्रसारमा व्यस्त छ । यो बीचमा शनिबार ‘कायरा’ टिम पर्यटकिय नगरी पोखरा पुगेको छ ।

पोखरामा आयोजित प्रेस भेटघाटमा बोल्दै फिल्मका निर्देशक लक्ष्मण रिजालले फिल्म प्रेम कथामा आधारित रहेको बताए । ‘पोखरा आफै पनि प्रेमील सहर हो,’ उनले भने, ‘पोखरेली दर्शकहरुले कायरा रुचाउनु हुनेछ भन्ने विश्वास लिएको छु ।’

प्रस्तुतकर्ता तथा अभिनेता आर्यनले कायरा माया, प्रेम, हाँसो र रोदन को समिश्रण रहेको बताए । ‘फिल्म सन्देश भन्दा पनि मनोरञ्जनका लागि हेर्ने गरिन्छ,’ उनले भने, ‘फिल्मको डाइलगलाई युवा दर्शकहरुले रुचाएका छन् । यो फिल्म पनि युवा लक्षित छ, आशा छ कथालाई मन पराउनु हुनेछ ।’

उत अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ हिरोसँग काम गर्नु र अनुभवी सँग काम गर्नुमा आकाश जमिनको भिन्नता रहेको बताइन् । ‘नयाँसँग काम गर्दा आफुले नै कहिले काहिँ सिकाउनु पर्ने जब म आफै अनुभवि भईसकेको छैन, आर्यन दाईसँग काम गर्दा मैले सिक्ने मात्रै होइन धेरै अुनभव बटुल्ने अवसर पाएँ’, उनले भनिन् ।

पोखराबाट सुसन घिमिरेको सहयोगमा

(तश्विरः परिचय एडभरटाइजिङको फेसबुक पेज)

Comments