Logo

‘बाबु कान्छा’ फ्लप हुँदा ‘सुश्री सम्पति’लाई धक्का !

सलोन बस्नेतले जुन फिल्ममा अभिनय गर्छन् त्यसले दर्शकको मन जित्छ । त्यसैले त अन्य स्टार उपमा पाएका या उनको भन्दा बढि फ्यान फलोइङ भएका सबैजसो कलाकारको अभिनय उनिसँग जोडिएको फिल्ममा फिक्का बन्छ । तर उनै सलोन सोलो हिरोमा भने अझसम्म चल्न सकेका छैनन् । पछिल्लो उदाहरण बन्यो फिल्म ‘बाबु कान्छा’ ।

सलोनको लागी यो फिल्म फेमिली ब्यानर थियो । पीता सोभित बस्नेतको निर्देशन हिरोमा आफु हिरोइनमा आफ्नै प्रेमिका करिश्मा श्रेष्ठ । तर दर्शकले पत्याएनन् ।

एक भारतिय फिल्मबाट हु-बहु कपी गरिएको थियो फिल्म पनि । धेरै नयाँ प्रविधी भित्रिसक्दा पुरानो ढर्रामा बनेको फिल्मलाई समिक्षकले पनि सुखद लेखेनन् ।

यसअघि देखि सोलो हिरोमा चल्न नसकेका सलोनलाई यो पटक पनि दर्शकले साथ नदिँदा उनलाई लाग्दै आएको पुरानो आरोप पुनः चर्चामा छ, ‘सलोन बस्नेतलाई क्यारेक्टर रोल नै फिट छ !’

अनमोल केसीदेखि सलिनमान बानियाँ हुँदै साम्राज्ञी राज्यलक्ष्मी शाहसम्मलाई छायाँमा पार्ने सामर्थ्य राख्ने सलोन एक्लै नचल्दा यो आरोप लगाउनेहरुलाई थप बल पुगेको छ ।

सामाजिक सञ्जालमा सलोन भनेर ‘वाउ’ कमेन्ट गर्नेहरु नै उनको सोलो फिल्म हेर्न नजाँदा रिलिजको दिन नै केहि हलबाट फिल्म उत्रियो पनि । अब यसको सिधा असर उनको अपकमिङ रिलिज ‘सुश्री सम्पनि’सम्म पुगेको छ ।

अर्को महिना अर्थात भदौ २२ लाई प्रदर्शन तोकिएको उक्त फिल्ममा पनि सलोन लिड अभिनयमा छन् । जसले गर्दा ‘बाबु कान्छा’को प्रत्यक्ष धक्का ‘सुश्री सम्पति’लाई परेकोमा दुई मत नहोला ।

सुब्रतराज आचार्य निर्देशित फिल्मको भर्खरै मात्र पहिलो गीत रिलिज गरिएको छ । यो फिल्ममा उनलाई उछिन्ने अन्य कलाकार छैनन् । विनोद न्यौपाने र सारा सिर्पाली सलोनपछि मात्रै आउने नाम हुन् त्यसैले ‘सुश्री सम्पति’पनि कतै दोस्रो ‘बाबु कान्छा’ बन्ने त होइन उनको अगाडी प्रश्न उब्जिएको छ ।

यद्धपी मेकिङमा ‘कम्पर्माइज’ नगरिएको भनिएको फिल्म राम्रो बन्दै गर्दा दर्शकले साथ दिनसक्छन् अब यसको जिम्मा सबै निर्देशक सुब्रत आचार्यको हातमा हुनेछ । उता फिल्म चल्दा – नचल्दै गर्दा यसको मुख्यः ‘जस अवजस’ निर्देशकपछि सलोनलाई नै जानेछ ।

Comments