Logo

मुना हिँडेको बाटोमा मायाको बन्धन, सृष्टिलाई घाटा कि नाफा ?

अभिनेत्री सृष्टि श्रेष्ठ डेब्यू फिल्म ‘गाजलु’पछि पहिलोपटक ‘रोमियो एण्ड मुना’ मार्फत पर्दामा आउँदैछिन् । सृष्टि पहिलो फिल्मबाट नै तारिफ, वाहि-वाहि र अवार्ड जितेकी अभिनेत्री हुन् । यतिबेला उनि मुना बनेर रिलिजको फिल्मको प्रचारमा व्यस्त छिन् । ‘रोमियो एण्ड मुना’ यहि श्रावण ११ बाट दर्शकमाझ आउँदैछ ।

तर यो फिल्मको छेकोमा सृष्टि स्टारर अर्को फिल्मको टिजर रिलिज गरिएको छ । असोज ५ लाई प्रदर्शन मिति तोकिएको ‘बाँध मायाले’ फिल्मको निर्माण टिमले औपचारिक प्रचार सुरु गर्दै टिजर रिलिज गर्यो । फिल्मको टिजरले हाउप बनाउला नबनाउला आफ्नो ठाउँमा छ । तर यसले समर्थन भन्दा पनि सृष्टिलाई घाटा दिनसक्छ ।

एउटै कलाकारले रिलिजको फिल्म हेर्न दर्शक गुहारिरहँदा सोहि कलाकारसँग जोडिएको अर्को कन्टेन्ट बाहिर आउनुले सम्बन्धित कलाकार तथा फिल्मलाई घाटा पुर्याउनसक्छ। सृष्टिको हकमा पनि यो लागु नहोला भन्न सकिन्न । त्यसो त करियरकै दोश्रो फिल्म लिएर पर्दामा आउँदै गरेकी सृष्टि पर्खिने दर्शक नै एकसाथ दुई फिल्मको प्रचारले ‘कन्फ्यूज’ हुने अवस्था आउँदा पक्का पनि रिलिजको फिल्म नै शिकार बन्नसक्छ । यो बारेमा समन्वय नभएको कि निर्माताको अहमता त्यो उनिहरुलाई नै थाहा होला !

नरेशकुमार केसी निर्देशित ‘रोमियो एण्ड मुना’मा सृष्टिले विनय श्रेष्ठसँग जोडी बाँधेकी छिन् भने सबिर श्रेष्ठ निर्देशित ‘बाँध मायाले’मा उनको अपोजिटमा आर्यन अधिकारी छन् ।

Comments