‘चि मुसी चि’ कन्सर्टमा झुमे दर्शक, चितवनमा अलिशाको बोल्ड नृत्य
फिल्म ‘चि मुसी चि’ टिम यतिबेला प्रचार प्रसारलाई मोफसल दौडमा व्यस्त छ । श्रावण ११ बाट प्रदर्शनमा आउने फिल्मप्रति दर्शकको क्रेज बढाउनको लागी निर्माण टिम कलाकारसहित मोफसलका विभिन्न ठाउँमा कन्सर्टहरु गर्दै अघि बढेको छ ।
यसैक्रममा शनिबार चितवनको नारायणगढमा अभिनेत्री अलिशा शर्मा हट अबतारमा प्रस्तुत भइन् । शनिवार साँझ नारायणी किनारमा भएको भव्य कन्सर्टमा नारायणगढवासी हजारौँ दर्शकलाई अलिशाको नृत्यले गर्मी बनाएको थियो ।
प्रचारको लागि देश दौडाहामा निस्किएको ‘चि मुसी चि’ टीमले पूर्वी नेपालका केहि शहरहरुमा कन्सर्ट सम्पन्न गरी शनिवार चितवन पुगेको थियो । चितवनको कन्सर्टमा मूख्य आकर्षण अलिशाको नृत्य थियो । फिल्ममा समावेश चार गीतमा सुनिल क्षेत्री, अलिशा शर्मा र सुसान्त कार्कीको बेजोड नृत्य रहेको थियो भने चलचित्रमा समावेश नभएका अन्य केहि गीतमा सुनिल र अलिशाले तहल्का मच्चाएका थिए । अलिशाको गृहनगर चितवनमा भएको उक्त कन्सर्टमा उनले आफुलाई हट अवतारमा प्रस्तुत गरेकी थिइन् ।
‘डान्स इन्डिया डान्स सिजन ४’बाट वाहवाहि बटुलेका सुनिल र एमटिभी स्प्लिटभिल्लामा सहभागि अलिशाको दमदार नृत्यबाट क्रेजी दर्शकहरुलाई नेपाल आइडलकी टप ५ प्रतियोगी सुजाता पाण्डेले पनि उत्तिकै नचाइन् । नायक सुसान्त कार्कीको नृत्य पनि निकै आकर्षक थियो ।
चलचित्र टीमले देशैभर प्रमोशनल कन्सर्ट गरिरहेको निर्देशक दिनेश श्रेष्ठले बताए । विर्तामोड, धरान, लालबन्दी, हरिवन, हेटौँडा, नारायणगढ सहित बुटवल, भैरहवा, पोखरा, दमौली, काठमाण्डौ लगायतका शहरहरुमा चलचित्रले लगातार कन्सर्ट आयोजना गर्ने बताईएको छ ।
अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।
सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्याललगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादक भूपेन्द्र अधिकारी हुन् ।