Logo

पुनः एकठाउँ प्रकाश र अञ्जली, ‘बोल माया’पछि जम्यो जोडी

पछिल्लो पटक रिलिज लोकगीत ‘बोल माया’ले पछिल्ला केहि बर्षयता रिलिज सबैजसो लोकगीतलाई उछिन्यो । उत्कृष्ट प्रतिक्रिया पायो । गायक तथा गीतमा अभिनय समेत गरेका प्रकाश सपुत र मोडल अञ्जली अधिकारी तारिफका पात्र बने । यो जोडीले मिडिया, सामाजिक सञ्जालदेखि सबैतिर चर्चा परिचर्चा पायो ।

अब भने प्रकाश र अञ्जली पुनः एकपटक सँगै देखिएका छन् । पछिल्लो पटक सार्वजनिक एक तीज गीतमा यी दुईलाइ एकसाथ देख्न सकिन्छ । अनु राना मगर र ओम प्रकाश परियारको “तीज आएको बेला” बोलको गीतको भिडियो हालै सार्वजनिक भएको छ ।

गीतमा राजेन्द्र कडेँल र गायिका अनुराना मगरको आवाज रहेको छ । हिजोको दिनमा प्रेम विछोडको वियोग पोखेका प्रकाश र अञ्जली यो पटक रोमान्टिक मूडमा देखिन्छन् । जिवन प्याकुरेलको शब्द तथा राजेन्द्र कँडेलको लय सिर्जना र विनोद बाजुरालीको एरेन्जमा गीत तयार भएको हो ।

गीतको भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन गरेका हुन भने प्रविन भट्टले सम्पादन गरेका छन । भिडियोमा प्रकाश र अन्जलीसँगै उज्वल गीरी दानविरको नृत्य छ । भिडियोलाई काजिश श्रेष्ठले निर्देशक गरेका छन् ।

Comments