हातखाली पल र आँचल, भिडियोको ब्याकफायर कि घट्दो क्रेज ?
अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा पछिल्लो क्रममा प्रायः चर्चामा आउने नाम हो । कहिले प्रेम प्रसङ्गको गसिप त कहिले फिल्म खेल्ने र छोड्ने प्रसङ्ग पल र आँचल चर्चामा हुन्छन् । पछिल्लो पटक त यी दुईको नाम बिकाउ बनेको छ अभिनेत्री पूजा शर्मासँग मात्रै धेरै जोडिएर ।
फिल्मसँग जोडिएर यो जोडीको चर्चा कम छ । खास कुरा त यो छ कि यतिबेला पल र आँचल हात खाली जस्तै छन् । आँचल ‘ब्ल्याक’ फिल्मको रिलिजको पर्खाइमा छिन् । यसको प्रचारमा लाग्दैछिन् । तर उनि नयाँ कुनै फिल्ममा अनुबन्धन छैनन् उता पल शाह पनि ।
गत बर्ष रिलिज ‘म यस्तो गीत गाउँछु’ बाट पलको चर्चा राम्रै भयो । स्टारको ट्याग पनि पलले पाए । उक्त फिल्ममा पनि पूजा र निर्देशक सुदर्शन जोडिएकोले हिट भएको र पललाई ठुलो क्रेडिट दिन नमिल्ने चर्चा पनि भयो । यता पछिल्लो रिलिज ‘शत्रु गते’को सफलतामा पनि उनलाई ठुलो राहत मिलेन । त्यसैले त यतिबेला पल म्युजिक भिडियोमा रमाउँदैछन् ।
जान्नमा आएअनुसार पलले कुनै नयाँ फिल्म ‘साइन’ गरेका छैनन् । उता आँचलले त केहि दिन पहिले आयोजित एक कार्यक्रममा आफ्नो हातमा नयाँ फिल्म नभएको खुलाशा नै गरेकी छिन् । उनले चित्तबुझ्दो स्कृप्ट आउँदा अनि सोलो हिरोइनको अफरमा मात्रै काम गर्ने समेत बोलिसकेकी छिन् ।
त्यसो त सोलो हिरो हिरोइन बन्दा यो जोडीको ‘जोनी जेन्टलमेन’ फिल्म फ्लप भएको थियो । यतिबेला पलको क्रेज खस्केको चर्चा समेत सिनेबृत्तमा छ । आफ्नै फिल्म रिलिजको छेकोमा समेत म्युजिक भिडियोमा भ्याइनभ्याइ ब्यस्तता देखाउने पललाई भिडियो ब्याकफाएर समेत बनेको गसिप बजारमा चर्चा चल्छ ।
पलले फिल्मको अफर आउँदा आँचल पनि सँगै हुनुपर्ने देखि मोटो पारिश्रमिकको डिमाण्ड गर्ने गरेकोले पनि उनलाई निर्माता निर्देशकले सिध अफर दिन नसकेको बताइन्छ । पलसँगै नाम जोडिने अनमोल केसी र प्रदिप खड्का लगालग फिल्ममा अनुबन्ध भइरहेका छन् सुटिङ सेटमा ब्यस्त छन् तर यी हेण्डसम हिरो भने हप्तैपिच्छे युट्युवमा रिलिज हुने भिडियोमा अड्किरहेका छन् ।
फिल्ममा अनुबन्धनको कुरा गर्दा समेत पलले म्युजिक भिडियो गरिरहन पाउने बार्गेनिङ गर्ने गरेको समेत फिल्मकर्मी आरोप लगाउँछन् । आफुलाई स्थापित गरेको म्युजिक भिडियोप्रतिको माया पललाई हुनु स्वभाविक होला तर त्यसमा मात्र घुम्दा रम्दा अभिनेताको क्रेजलाई के कति असर पुग्छ पनि उनले सोच्नुपर्ने हुनसक्छ ।
आफुलाई फिल्म क्षेत्रमा स्थापित गराइराख्न पल र आँचलले राम्रो स्कृप्ट पर्खिने बरु कम फिल्म खेल्ने सोचाइ राख्नु पक्का राम्रो होला तर अनावश्यक डिमाण्ड राख्दै जाने, फिल्मलाई भन्दा भिडियोलाई प्राथमिकता दिँदै जाने हो भने पाइराखेको स्टारको ट्याग पनि खोसिने त हैन ? यता पनि सोच्ने कि ?