Logo

सीमाको मेकअप स्टुडियो उद्घाटनमा एकसाथ सञ्चिता, श्वेता र ऋचा

लामो समय देखि नेपाली सिने क्षेत्रमा मेकअप आर्टिस्टको रुपमा चर्चा बटुल्दै आएकी मेकअप आर्टिस्ट सीमा गुरुङले लाजिम्पाटमा “सीमा द मेकअप स्टुडियो” संचालनमा ल्याएकी छिन । नायिकाहरु सञ्चिता लुइंटेल, स्वेता खड्का र ऋचा शर्माले संयुक्त रुपमा रिवन काटेर सिमाको उक्त स्टुडियोको उद्घाटन गरे ।

नयाँ प्रविधीका साथ संचालनमा ल्याईएको उक्त स्टुडियोको उद्घाटनमा अन्य नाम चलेका सेलेब्रेटिहरुको साथमा फेशन डिजाइनर, सौन्दर्यविद्, कलाकार, संचारकर्मी समाजसेवीहरुको उपस्थिती थियो ।

महिला तथा पुरुषहरुको लागी आवश्यक हुने शृङ्गारका सामग्रीहरु त्यहाँ उपलब्ध हुनेछन् । ‘सीमा दि मेकअप स्टुडियो एन्ड ट्रेनिङ एकेडेमी’ समेत नाम दिइएको स्टुडियोमा मार्फत महिला पुरूषका लागि अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको ब्राइडल, एक्स्क्ल्युसिभ ब्राइडल प्याकेज, पार्टी मेकअप लगायत सबै खाले सिकाईका सेवाहरु उपलब्ध हुने सीमाले बताइन् ।

स्टुडियोले मेकअपसम्बन्धी तालिमको व्यवस्था सँगै होम सर्भिस मेकअपको समेत सुविधा प्रधान गर्ने बताइएको छ । सीमा पछिल्लो क्रममा फिल्म कलाकार, फेशन शो तथा अन्य विभिन्न पार्टी मेकअपमा अग्र पङ्ग्तिका रहेको नाम हो ।

Comments