ओपनिङ बिजनेसमा सञ्जुबाबाको रेकर्ड, छायाँमा सल्लुको ‘रेस ३’
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘सञ्जु’ले रेकर्डको बिजनेस गरेको छ । भेट्रान अभिनेता सञ्जय दत्तको यो बायोपिक ड्रामाले रिलिजको दिन ३४ करोड ७५ लाखको बिजनेस गर्यो । रिलिजको दिनमा २०१८ मा प्रदर्शनमा आएका कुनैपनि बलिउड फिल्मले गरेको यो सर्वाधिक बिजनेस हो ।
यसअघि सलमान खान स्टारर फिल्म ‘रेस ३’ले २९ करोड १७ लाखको बिजनेस गरेको थियो । सल्लु भाइको फिल्मको बिजनेसलाई सञ्जुबाबाले पछारेका छन् । फिल्मप्रति दर्शक तथा समिक्षकको प्रतिक्रिया उत्कृष्ट छ ।
सञ्जयदत्तको भुमिका निभाएका अभिनेता रणविर कपुरले कमालको तारिफ भेटेका छन् । फिल्महेरिसक्दा कहिँकतै पनि दर्शकले सञ्जयमा रणविर पाउँदैनन् । यस्तै मनिषा कोइराला, परेश रावल, दिया मिर्जा, अनुष्का शर्मासँगै सञ्जयदत्तको साथीको भुमिका निभाएका विक्की कौशलको भुमिका तारिफयोग्य छ ।