Logo

प्रशान्त र ज्योत्सना लिएर ‘मायाङ्क’ घोषणा, मुख्य अभिनेत्री को ?

प्रेमकथामा निर्माण हुने गरी फिल्म ‘मायाङ्क’को घोषणा गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले कास्ट एण्ड क्रू पनि सार्वजनिक गर्यो । तर मुख्य अभिनयमा हुने भनिएकी एक अभिनेत्रीको नाम भने गोप्य राखिएको छ ।

कार्यक्रममा प्रमूख चार कलाकारहरु मध्ये तीनजना प्रशान्त ताम्राकार, शुसिल उप्रेती र ज्योत्सना योगीको उपस्थिती थियो । चलचित्रमा चारै जनाको बराबर भूमिका रहने बताईएको छ तर, एक अभिनेत्री भने कार्यक्रममा थिइनन् । उनको नाम र भूमिका समेत गोप्य राखिएको छ । कथाको मागअनुसार अर्की अभिनेत्रीको नाम समेत खुलाउन नमिलेको कार्यक्रममा बताईयो ।

फिल्मलाई रोमी मानन्धरले निर्देशन गर्दैछिन् । उनले पहिलोपटक फिल्म निर्देशन गर्न लागेकी हुन् । कार्यक्रममा बोल्दै उनले मिठो प्रेमकथामा फिल्म बन्ने लागेको बताइन् ।यो फिल्ममा अभिनय गर्न आफुले डेढ बर्षदेखी मेहनत गरिरहेको नव-नायक शुसिल उप्रेतीले बताए ।

ओस्कार कलेजबाट अभिनयमा ब्याचलर गरेका उप्रेतीले आफुले निर्देशकले चाहेअनुसारको काम दिनको लागि पुरा मेहनत गरिरहेको बताए । शुसिले ‘लुट’ र ‘लुट २’फिल्ममा सानो भूमिकामा अभिनय गरेता पनि मूख्य भूमिकामा भने ‘मायाङ्क’ नै पहिलो फिल्म हुनेछ ।

चर्चित अभिनेता प्रशान्त ताम्राकारले ‘मायाङ्क’मा आफ्नो अरु फिल्ममा भन्दा भिन्न भूमिका रहेको बताए । ‘सँधै एउटै लुक्समा देखिनुहुन्छ नी, फिल्ममा पनि यस्तै हो ?’ भन्ने प्रश्नमा उनले सबैले त्यस्तै सोचेतापनि आफु भने सँधै फरक अभिनय गर्ने कोशिस गरिरहेको बताए । अभिनेत्री ज्योत्सना योगीले ‘मायाङ्क’ आफुले खोजेको जस्तै फिल्म रहेको बताईन् ।

निर्माता जितेन्द्र खतिवडाले आफुले निर्देशक मानन्धरलाई पूर्ण विश्वास गरेको बताए । ‘मायाङ्क’ भदौ पहिलो साताबाट छायांकनमा गई माघमा रिलीज गर्ने तयारी रहेको निर्माण टिमले बताएको छ ।

Comments