सुर्य अवार्ड जापानः उत्कृष्टको दौडमा अनमोल, पल र प्रदिप (मनोनयन सुचिसहित)
जापानको टोकियोमा पहिलो पटक हुन गईरहेको ‘सुर्य ईन्टरनेशनल अवार्ड–२०१८’ को नोमिनेशन सार्वजनिक गरिएको छ । राजधानीको एक तारे होटलमा आयोजित एक कार्यक्रमका बीच आगामी सेप्टेम्बर १६ तारिखमा टोकियोमा हुन लागेको अवार्डको उत्कृष्ट पाँच प्रतिस्पर्धीको नोमिनेशन सार्वजनिक गरिएको हो ।
जस अन्तर्गत उत्कृष्ट फिल्मको पाँच प्रतिस्पर्धामा गत बर्ष रिलिज फिल्महरु ‘छक्का पञ्जा २’, ‘शत्रु गते’, ‘ए मेरो हजुर २’, ‘म यस्तो गीत गाउँछु’ र ‘कृ’ परेका छन् भने उत्कृष्ट निर्देशकको दौडमा दिपाश्री निरौला, सुदर्शन थापा, अर्पण थापा, प्रदिप भट्टराई र मिलन चाम्स प्रतिस्पर्धामा छन् ।
यस्तै उत्कृष्ट अभिनेता तर्फ अनमोल केसी, पल शाह, पुष्प खड्का, प्रदिप खड्का र दयाहाङ राइ प्रतिस्पर्धाा हुँदा अभिनेत्रीतर्फ नीता ढुङ्गाना, पूजा शर्मा, श्वेता खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र शिल्पा पोखरेल प्रतिस्पर्धामा छन् ।
नोमिनेशन पश्चात उत्कृष्ट पाँच मध्येलाई विश्वभरीबाट अनलाईन भोटिङ गर्न सकिने व्यवस्था मिलाईएको आयोजक पक्षले बताईएको छ । उक्त अवार्डमा फिल्म र संगीत तर्फबाट ६,६ गरि १२ विधामा नोमिनेशन सार्वजनिक गरिएको छ । जसमा उत्कृष्ट फिल्म, नायक, नायिका, सपोर्टिङ कलाकार महिला र पुरुष गरि ६ विधा र संगीत तर्फ लोक, पप र आधुनिक गायक गायिका गरि ६ विधा राखिएको छ ।
नेपाली अवार्डको गरिमा र अवार्ड समारोहको वारेमा बेला बखत हुने विवाद तथा चर्चालाई अन्त्य गर्न र यस्ता अवार्डहरुबाट फरक रहन सुर्य ईन्टरनेशनल अवार्ड २०१८ लाई भोटिङ प्रक्रियामा संचालन गर्न लागिएको अवार्डका अध्यक्ष बासुदेव लामिछानेले बताएका छन् ।
सुर्य ईन्टरनेशनल अवार्ड एक बृहत साँस्कृतिक कार्यक्रम सहित आयोजना हुने आयाजकले बताएएको छ । अवार्डको लागि हाल जापान र नेपालमा भव्य तयारी भईरहेको पनि भिडियो सन्देश मार्फत लामिछानेले बताए । अवार्ड समारोहमा हाँस्य प्रहसन, नृत्य, गायन लगायतका बृहत साँस्कृतिक प्रस्तुतीहरु पनि समावेश हुनेछन् ।नेपालमा कलाकर्मी व्यवास्थापन र फारम वितरण तथा संकलन गर्न सञ्चारकर्मी नरेश भट्टराई र समीर बलामीलाई जिम्मेवारी दिईएको छ ।
(तश्विरहरुः आर्यन बिमली, बिनोद पोखरेल)
मनोनयन सुचीः
फिल्म तर्फः
१ उत्कृष्ट फिल्मः
छक्का पञ्जा २
ए मेरो हजुर २
शत्रुगते
म यस्तो गीत गाँउछु
कृ
२ उत्कृष्ट निर्देशकः
दिपा श्री निरौला
अरुणा थापा
प्रदिप भट्टराई
सुर्दशन थापा
मिलन चाम्स
३ उत्कृष्ट सह अभिनेताः
केदार घिमिरे
बुद्धि तामाङ
सलोन बस्नेत
अनुप विक्रम शाही
प्रशान्त ताम्राकार
४ उत्कृष्ट सह अभिनेत्रीः
बर्षा राउत
प्रियंका कार्की्
केकी अधिकारी
अनु शाह
आशिस्मा नकर्मी
५ उत्कृष्ट अभिनेताः
अनमोल के.सी
प्रदिप खड्का
पल शाह
पुस्पल खड्का
दयाहाङ राई
६ उत्कृष्ट अभिनेत्रीः
साम्राज्ञी राज्य लक्ष्मी शाह
पुजा शर्मा
श्वेता खड्का
शिल्पा पोखरेल
निता ढुङ्गाना
गीत, संगीत तर्फ
पप गीतः
१ उत्कृष्ट गायक
सुगम पोखरेल
कमल खत्री
अनिल सिहं
काली प्रसाद बास्कोटा
हिमाल सागर
२ उत्कृष्ट गायिका
इन्दिरा जोशी
अमृता लिम्बु
मिलन अमात्य
एन्जिला रेग्मी
रबिना थापा
आधुनिक तर्फ
१ उत्कृष्ट गायक
प्रमोद खरेल
शिव परियार
राम कृष्ण ढकाल
हेमन्त शर्मा
राजेश पायल राई
२ उत्कृष्ट गायिका
अन्जु पन्त
मेलिना राई
रिता के.सी
टिका प्रसाई
सिर्जना खत्री
लोकगीत तर्फ
१ उत्कृष्ट गायक
नविन पौडेल
रमेश राज भट्टराई
खुमन अधिकारी
रामजी खाँड
प्रकाश कटुवाल
२ उत्कृष्ट गायिका
ज्योति मगर
रमिला न्यौपाने
सम्झना मगर
मुना थापा
देवी घर्ती मगर