शिल्पा र अनुपको दमदार एक्सन, ‘वीराङ्गना’ ट्रेलर रिलिज (भिडियो)
असार २९ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘वीराङ्गना’को ट्रेलर रिलिज भएको छ । युट्युवमा सार्वजनिक ट्रेलरमा दमदार एक्सन समावेश छ । अभिनेता अनुपबिक्रम शाहीसँगै अभिनेत्री शिल्पा पोखरेल एक्सन मूडमा देखिन्छन् ।
राजबहादुर सानेको निर्देशनमा बनेको फिल्ममा बाँदरलाई समेत अभिनयमा जोडिएको छ । अनुप र शिल्पासँगै पृथ्वीराज प्रसाइँ, ध्रुब कोइराला मुख्य भुमिकामा छन् ।
फोर्थ आइ मुभी प्रालीको ब्यानरमा बनेको फिल्मका प्रस्तुतकर्ता बाबुराम दास श्रेष्ठ हुन् भने फिल्मलाई हरी घले लामा र रामेश्वर कार्कीले संयुक्त रुपमा छायांकन गरेका छन् । कोरियोग्राफी कविराज गहतराजको छ ।