Logo

मैतिदेवीमा खुल्यो, ‘ब्यूटी हेरिटेज’, प्रभुसँगै नरेनले काटे रिबन

रंगकर्मी तथा फेसन डिजाइनर नीता थापाले ‘ब्यूटी हेरिटेज’ सञ्चालनमा ल्याएकी छन् । शुक्रवार पूर्वमन्त्री प्रभु शाह, अभिनेता नरेन खड्का, बलिउड सेलिव्रेटी फेसन डिजाइनर विशाल कपूर र बरिष्ठ व्यूटिशियन कमला श्रेष्ठले संयूक्त रुपमा ‘ब्यूटी हेरिटेज’ को रिवन काटेर उद्घाटन गरे ।

मैतिदेवी स्थित सेतो पूलमा खूलेको ‘ब्यूटी हेरिटेज’मा महिलाका लागि हेयर स्टाइलसँगै बुटिकको सुविधा उपलब्ध छ । सञ्चालिका नीताले आफू बाल्यकालदेखि नै फेसन डिजाइनर र व्यूटिशियन बन्ने चाहना रहेको बताउँदै अब ‘ब्यूटी हेरिटेज’ बाट ती इच्छा पूरा गर्न लागेको बताइन् ।

सञ्चालिका नीता सहुलियत मूल्यमा ग्राहकलाई उत्कृष्ट सेवा पस्किने बताउँछिन् । आफ्नो पार्लरमा आउने कलाकारका लागि बिशेष छुटको व्यवस्था गरिएको पनि उनले बताइन् ।

‘ब्यूटी हेरिटेज’ को उद्घाटन गर्दै अभिनेता नरेन खड्काले नीताको पार्लरको सफलताको कामना गरे । यस्तै, व्यूटिशियन कमला श्रेष्ठले यो पार्लरले राम्रो सेवा दिने विश्वास व्यक्त गरिन् ।

Comments