बोर्डको निर्देशनमा रोकियो प्रदिपको ‘रोजी’, छायांकन अन्यौल
चलचित्र विकास बोर्डले फिल्म रोजी’को छायांकन रोक्न निर्देशन दिएको छ । यो सँगै बिहिबारबाट फिल्मको सुटिङ रोकियो । ‘रोजी’ टिमलाइ विवाद साम्य पार्न बोर्डले अग्रसरता समेत लिएको बताइएको छ ।
निरक पौडेल निर्देशित फिल्म ‘रोजी’ सन् २०११ अगष्टमा भएको रोजी महर्जन हत्याकाण्डसँग सम्बन्धिन भएको भन्दै रोजीको परिवारले मृत छोरीमाथी अन्याय भएको हुनसक्ने भन्दै छायांकन रोकेर कथामाथी छानबिन गर्न विकास बोर्डलाई ध्यानाकर्षण गराएको थियो । त्यसैको निरन्तरता स्वरुप विकास बोर्डले सुटिङ रोकेको हो ।
अध्यक्ष निकिता पौडेलले ‘रोजी’ निर्माण संस्थालाई सहमती नजुटेसम्म फिल्मको कुनै पनि कामहरु नगर्न आदेश दिएकी छिन् । एक गीत सहित फिल्मको अब २० दिनको छायाकन बाँकी भएको बताइएको छ । फिल्ममा प्रदिप खड्का र परमिता आरएल राना लिड रोलमा छन् ।