नक्कली नोट प्रकरणः ‘लुट’ निर्माता वाग्ले जेल चलान
फिल्म ‘चङ्गा चेट’ सुटिङको लागी छापिएको नक्कली नोटको अवैध कारोवारी र दुरुपयोग भएको अभियोगमा पक्राउ परेका (लुट) निर्माता माधव वाग्लेलाई पुर्पक्षको लागी जेल चलान गरिएको छ ।
जिल्ला अदालत काठमाडौंले नक्कली नोटको कारोबार गरेको विषयलाई लिएर पुर्पक्षको लागी वाग्लेलाई थुनामा राखेको हो । वाग्ले सहित सो कारोबारीमा संलग्न आरोपी महेन्द्र बोगटी र सुधिर घिसिङलाई पनि थुनामा राख्न जिल्ला अदालतले निर्देशन दिएको हो । पैसा छाप्ने मेसिन राखेका प्रकाश सुवेदी र अर्का एक जनालाई भने तारेखमा छाडिएको छ ।
गत जेठ २ गते नक्कली २ करोड २० लाख ६३ हजार रुपैयाँ प्रहरीले फेला पारेको थियो । नोटसँगै वाग्ले सहितका ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।