Logo

‘मेरी मामु’बाट कुसुमको डेब्यू, अनुपबिक्रमले हात झिक्दा शारुकलाई चिट्ठा !

हिट सिरिज प्रेमगीत निर्माता सन्तोष सेन नयाँ प्रोजेक्ट ‘मेरी मामु’को तयारीमा छ्न् । यो फिल्ममा मुख्य भुमिकामा सेनकै ६ बर्षिय छोरा अयुव सेनले लिड भुमिका निभाउने निर्माण टिमले यसअघि नै बताएको छ । फिल्ममा ‘प्रेमगीत २’ अभिनेत्री अश्लेषा ठकुरी पनि लिड रोलमा रहने चर्चाका बीच आयुवको आमाको भुमिका निभाउने गरी सेनले नयाँ अभिनेत्री लञ्च गर्ने भएका छन् ।

प्राप्त खबर अनुसार लण्डन बस्दै आएकी कुसुम गुरुङले यो फिल्मबाट डेब्यू गर्नेछिन् । फिल्मको असार १ गते एक औपचारिक कार्यक्रमका बीच निर्माण टिमले घोषणा कार्यक्रम राख्दैछ भने असार ३ बाट फ्लोरमा जाने समेत बताइएको छ ।

पछिल्लो जानकारी अनुसार फिल्ममा ‘रानी’ डेब्यू ब्वाइ शारुक ताम्राकार लिड रोलमा रहने समेत बुझिएको छ । श्रोतका अनुसार अभिनेता अनुपबिक्रम शाहीले अनुबन्ध भइसकेपछि कथा परिमार्जन भएको भन्दै उक्त प्रोजेक्ट छोड्दा अनुपको ठाउँ लिन शारुक तयार भएका हुन् ।

यो बारेमा कुरा बुझ्दा अनुपले अहिले नै बोल्न हतार हुने भन्दैगर्दा फिल्म गर्ने सम्झौताकाबीच अन्त्यमा छोडेको भने स्विकार गरे । निर्देशक यम थापाले घुमाउरो पाराले यो कुरा स्विकार गरेता पनि निर्माण टिमले केहि बोलेको छैन ।

फिल्मको कथा पनि निर्देशक थापाको नै हो । आमा र ६ बर्षिय छोराको वरीपरी फिल्मको कथा घुम्नेछ । बर्षातको समयमा छायांकन गर्नुपर्ने भएकै कारण लामो समयको वर्कसपपछि फिल्म फ्लोरमा जान लागेको हो । अश्लेषा पनि यो फिल्मको लागी पछिल्लो समय वर्कसपमा व्यस्त छिन् ।

Comments