नितेशजंगले गाए नयाँ ‘साइँली’, ‘चक्कर’मा समावेश गीत यस्तो (भिडियो)
फिल्म ‘चक्कर’को ‘साइँली’ बोलको अडियो गीत रिलिज भएको छ । गीतमा पछिल्लो पुस्ताका चर्चित गायक नितेशजंग कुवँरले स्वर भरेका छन् भने उनलाई फिमेल भर्सनमा शितल मोक्तानले साथ दिएकी छिन् ।
गीतका शब्द झट्ट मनमा बस्ने प्रकारका छन् । विपाश्व बज्राचार्य र नितेश स्वयमले लेखेका शब्दमा संगीत बज्राचार्यको नै छ । अनुष्क रौनियार निर्देशित फिल्मलाई रविन आचार्यले निर्माण गरेका हुन् ।
आगामी श्रावण ४ बाट दर्शकमाझ आउने फिल्ममा अर्पण थापा, ऋचा शर्मा, सृजना सुब्बा, भोलाराज सापकोटा, स्मृति ढुङ्गाना, अभोनराज उप्रेती लिडरोलमा छन् । फिल्मलाई निर्माता रहेका रविनले नै खिचेका हुन् ।