सविनले साइन गरे दोश्रो भोजपुरी फिल्म, भिलेनमा कति फिट ?
अभिनेता सविन श्रेष्ठले पहिलो पटक भोजपुरी फिल्म ‘निरहुवा चलल लण्डन’मा काम गरे । उक्त फिल्म रिलिज हुन बाँकी नै छ । फिल्मको ट्रेलरले राम्रै चर्चा पायो ।
नेपाली फिल्ममा हिरो बनेका सविनले भोजपुरीमा भिलेनको भुमिका निभाए । युट्युवमा उपलब्ध उक्त फिल्मको ट्रेलरमा उनलाई भिलेनमा फिट देखिन्छ । पहिलो फिल्ममा नै भोजपुरी मेघा स्टार निरहुवासँग काम गरेका सविनले अब भने दोश्रो भोजपुरी फिल्ममा काम गर्ने पक्का भएको छ ।
प्राप्त जानकारी अनुसार सविन छिट्टै नै फ्लोरमा जाने फिल्म ‘नमस्ते लण्डन’मा अनुबन्ध भएका छन् । यो फिल्मको शनिबार मात्रै मुम्बइमा आयोजित एक कार्यक्रमका बीच निर्माण घोषणा गरियो । फिल्ममा ‘निरहुवा चलल लण्डन’कै निर्माता र निर्देशक दोहोरिएका छन् । सोनु खत्रीले निर्माण गर्नेछन् ।
सविन आवद्ध भएका दुबै प्रोजेक्टलाई नेपाली निर्देशक चन्द्र पन्तले एक्सन कट गर्नेछन् । चन्द्र पन्त नेपाली द्वन्द्व निर्देशनमा कहलिएको नाम हो । चन्द्र र सविनको आवद्धताले नै फिल्म एक्सन प्रधान बोल्छ । सविनले पनि फिल्म एक्सन लभस्टोरी जनरामा बन्न लागेको बताएका छन् ।
यो फिल्मको कथा लालजी यादवको हो । फिल्म ‘नमस्ते लण्डन’मा सविनसँगै भोजपुरी स्टार प्रदिप पाण्डे, क्रिटिना, सोनालिका प्रसाद, अमित शुक्ला, देव सिंह लिड रोलमा रहनेछन् । यतिबेला सविन उक्त फिल्मको लागी फिट हुन शारिरिक कसरतमा व्यस्त छन् ।