Logo

गजुरेलको ‘सयकडा दश’ इन्ड-क्ल्याप, करुणाको ठुलोपर्दा डेब्यू

मनोज गजुरेल स्टारर फिल्म ‘सयकडा दश’ इन्डकल्याप भएको छ । काठमाडौं, पोखरा, सिन्धुली र पाँचथरमा फिल्म खिचिएको छ । ४५ दिनको लामो सेड्युअलमा फिल्मको छायांकन सकिएको हो ।

मंसिरमा रिलिज लक्ष्य राखिएको फिल्मलाई त्यसअगाडि च्यारिटी अभियान चलाउने तयारी गरिएको छ । भ्रष्टाचारविरुद्ध सदाचार समाज निर्माणका लागि पात्रले गर्ने संघर्ष यसको केन्द्रिय द्धन्द्ध हो । हालै फिल्मका लिड कलाकार अमृत ढुङ्गाना र डेब्यू गर्ल करुणा श्रेष्ठ फिचर रहेको तश्विर समेत निर्माण टिमले बाहिर ल्याएको छ ।

रामशरण पाठक निर्देशित फिल्मले भ्रष्टाचारले सम्बन्ध र परिवारमा पार्ने प्रभाव पेश गर्छ । राजाराम पौडेल, रवि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौला कलाकार छन् ।

रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दीलिप ओखडाको नृत्य निर्देशन र कल्याण सिंहको संगीत छ । युट्युवस्टार गायक स्वप्न सुमनले पाश्र्वगायनमा त्रिशला गुरुङ र सन्देश पाठकसँग टीमअप गरेका छन् । फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । दर्शन नेपाल क्रियसनको ब्यानरमा फिल्म बनिरहेको छ ।

Comments