५१ दिन मनाउँदा ‘लिलिबिली’ ले काट्यो ६ करोडको केक !
फिल्म ‘लिलिबिली’ले प्रदर्शनको ५१औं दिन पुरा गरेको भन्दै निर्माण टिमले सेलिब्रेसन गरेको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ५१ औं दिनको सफलताको केक काट्यो । यो बीचमा फिल्म प्रदर्शनमा आएपश्चात विवादित बनेको निर्माण टिमका मु्ख्य सदस्यहरु सफलताको खूशी साट्न एकसाथ देखिए ।
कार्यक्रममा सम्बन्धमा फाटो परेको चर्चा चलेका निर्देशक मिलन चाम्स र निर्माता गोविन्द शाहिसँगै अर्का निर्माता सुदिप खड्का एक अर्कामा भेट हुँदा, मिलन र गोविन्दले अंकमाल गर्दा उपस्थित अन्त व्याक्तित्वहरुले ताली बजाएका थिए ।
अभिनेता प्रदिप खड्काले तर्क वितर्कले सम्बन्धलाई थप मजबुद बनाउने भन्दै त्यो प्रकारको हल्लाको पछि नलाग्न आग्रह गरे । आजको दिनमा सबैसँग सबैको सम्बन्ध राम्रो भएको र विवाद मिलेको दाबी प्रदिपको थियो ।
यसैबीच निर्माता तथा वितरक समेत रहेका शाहीले फिल्मले ६ करोड ग्रस कलेक्सन गरेको बताएका छन् । २ करोड बराबरको लागतमा बनेको बताइएको फिल्मले लगानी उठाएर सावाँको ब्याज आफुहरुलाई दिएको दाबी शाहिले गर्दा हल हाँसोले गुञ्जायमान बनेको थियो ।
प्रदर्शनको ५१ औं दिनको सफलताको केक काट्दा निर्माता द्वय खड्का र शाहिले एक अर्कालाई केक सम्म खुवाएनन् । जसले उनिहरु बीचको लेनदेनको विवाद अझै साम्य नभएको स्पस्ट पार्छ ।
कलाकारको रुपमा प्रदिप मात्र उपस्थित हुँदा उपस्थित सबैले नचाहेरै अभिनेत्री जसिता गुरुङको नाम लिएको देखिन्थ्यो ।