प्रतिक्षित फिल्म ‘सञ्जु’ ट्रेलर रिलिज (भिडियो)
बलिउड स्टार सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जु’को ट्रेलर रिलिज भएको छ । बर्ष २०१८ कैसर्वाधिक प्रतिक्षित बनेको फिल्मको ट्रेलर बुधबार सार्वजनिक गरियो । ट्रेलरमा सञ्जयको अबतारमा देखिएका अभिनेता रणविर कपुरको उत्कृष्ट प्रस्तुति समावेश छ ।
बलिउड डेब्यूदेखि जेलयात्रासम्मको सबै कहानी बोल्ने ट्रेलरमा रणविरको साथमा मनिषा कोइराला, अनुष्का शर्मा, सोनम कपुर परेश रावल लगायत फिचर छन् । युट्युव रिलिजको केहि घण्टामै ट्रेलरलाई दशौं लाख भिजिट मिलेको छ ।
राजकुमार हिरानीको निर्देशनमा बनेको टिजरले यसअघि नै तहल्का मच्चाइसकेको छ । फिल्म आगामी जुन २९ मा रिलिज हुनेछ ।