Logo

यस्तो माहोलमा सकियो ‘फेशन ट्रेड सिजन टू’ (पाँच तश्विर)

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन टू’ सम्पन्न भएको छ । चर्चित सेलिब्रिटीदेखि पत्रकारसम्मलाई र्याम्पमा हिँडाइएको फेशन शोमा परम्परागत, सिर्जनशीलदेखि दैनिक जीवनमा प्रयोग हुने पहिरनसम्म प्रस्तुत गरिएको थियो । फेसियल हाउसले ‘फेशन सवैका लागि’ अवधारणामा गरेको फेशन शोमा ७ वटा सिक्वेन्स प्रस्तुत गरिएको थियो ।

फेसियल हाउसकी म्यानेजिङ डाइरेक्टर शुष्मा महराले ‘फेसियल हाउस फेशन ट्रेड सिजन टू’ले फेसनको दुनियाँमा नयाँ मान्यता स्थापित गरेको बताइन् । फेशनसँग जनजीवनलाई जोड्ने प्रयास अन्तर्गत आफूहरुले फेशन शोको परम्परागत अवधारणालाई परिवर्तन गर्न खोजेको फेसियल हाउस इन्टरटेनमेन्टका अध्यक्ष उज्वलजंग शाह बताउँछन् । उनी भन्छन्, ‘फेशन हिरो-हिरोइन र मोडलले गर्ने कुरा हो भन्ने मान्यता छ । तर, सवै पेशा, व्यवसाय र क्षेत्रमा रहेकाहरु आकर्षक र स्मार्ट बन्न जरुरी हुन्छ । यो फेशन शोबाट त्यही सन्देश प्रवाह गर्न खोजेका हौं ।’

फेसियल हाउसले यसपल्ट फेशन शोका लागि मोडल मात्रै नभइ रोलमोडल पनि छानेको थियो । समाजका प्रतिष्ठित विभिन्न पेशा, व्यवसाय र क्षेत्रमा आफूलाई स्थापितहरुलाई र्याम्पमा उतारेको थियो । चर्चित सेलिब्रिटी तथा राजनीतिज्ञ करिश्मा मानन्धर, पूर्व मिस नेपाल उषा खड्गी, अभिनेत्री क्षितिजा शाक्य, दिक्पाल कार्की, एसराज गराच, पूर्व मिस्टर नेपाल गणेश अग्रवाललगायत र्याम्पमा उत्रिएका थिए ।


यसैगरी पहिलोपल्ट पत्रकारहरुलाई पनि र्याम्पमा उतारिएको थियो । चर्चित ट्याबलोइड पत्रिका शुक्रवारका सम्पादक केपी ढुंगाना, नेपाल लाइभ डटकम तथा स्वास्थ्य खबरपत्रिकाका समाचार सम्पादक डिबी खड्का, पत्रकार तथा फिल्म निर्देशकहरु सुव्रत आचार्य, नयाँ पत्रिकाका लक्ष्मण सुवेदी, मेरोफिल्म डटकमका दिपेन्द्र घिमिरे लगायतका २० जना पत्रकाहरुलाई पनि र्याम्पमा उतारिएको थियो। उक्त कार्यक्रममा गायक युवराज चौलागाइँ, गायिका आस्था राउतलगायतका गायक गायिकाले आफ्नो प्रस्तुति पस्केका थिए ।


फेसियल हाउसले वर्षौंदेखि सवै प्रकारका व्यक्तित्व, सवै क्षेत्र र सवै पेशाकर्मीहरुलाई सुन्दर बनाउँदै आएको छ । त्यसैले फेसियल हाउस सुहाउँदो हेयर डिजाइन, छालाको निरन्तर देखभाल र मेकअपबाट जोकोहीलाई सुन्दर र स्मार्ट बनाउन सकिन्छ भन्ने मान्यतालाई यस शोबाट पुष्टी गर्ने बताइएको छ ।

फेशन ट्रेड सिजन टु का लागि सुषमा महराका डिजाइन मेकअपहरुलाई प्रस्तुत गर्न कोरियोग्राफ लक्की खड्की, दिक्पाल कार्की, स्मित तामाङ, ड्रेस डिजाइनर प्रेम देब, एनि र मेकअप चन्द्र लामा / नीलम र हेयर डिजाइनमा बिगेन तामाङ रहका थिए ।

Comments