Logo

टप ट्रेण्डिङमा निशानको ‘भुन्टी’ (भिडियो)

चर्चित रियालिटी शो नेपाल आइडलका फर्स्ट रनरअप निशान भट्टराईको पहिलो अफिसियल गीति भिडियो सार्वजनिक भएको छ । शुक्रबार रिलिज ‘भुन्टी’ बोलको गीत रिलिजको केहि घण्टामै नेपाली युट्युव ट्रेण्डिङमा आएको छ । समाचार तयार हुँदै गर्दा सम्म निशानको भुन्टी युट्युवमा ६ नम्बर ट्रेण्डिङमा छ ।

भिडियोमा निशान आफै फिचर छन् भने उनलाई अपोजिटमा एलिशा राईले साथ दिएकी छिन् । निशानको स्वरमा संगीत कम्पोज मिस्टर आरजेले गरेका छन् शब्द पनि आरजेको नै हो । एरेञ्ज मोहित मुनालको छ ।

भिडियोलाई रामकुमार केसीले खिचेका छन् भने टेकेन्द्र शाहले सम्पादन गर्दा निर्देशन पनि टेकेन्द्रको नै छ । भिडियोको निर्माण मनोज बस्नेतले गरेका हुन् । चार लाख बराबर भिजिट हुँदा भिडियोमा २ हजार बढि कमेन्ट र २२ हजार बढि लाईक व्यक्त छ ।

Comments