Logo

पर्दामा मा नसुहाएकी तरकारीवाली !

फिल्म ‘लम्फू’ गत शुक्रबारबाट नेपाली पर्दामा प्रदर्शनरत छ । रिलिजपुर्व यो फिल्मको प्रचार हुँदा हरबखत जस्तो मुख्य कुरा जोडियो डेढ बर्ष पहिलेजसो तरकारीवालीको नामबाट चर्चामा आएकी कुसुम श्रेष्ठको अभिनय । निर्माण टिमले हरेक ठाउँदा पुग्दा यो भुल्न त चाहेन नै मिडियाहरुमा पनि विभिन्न बिकाउ हेडलाइनमा फिल्मसँग उनलाई जोडिएर समाचार आए ।

अब भने फिल्म नै रिलिज भएको छ । तरकारीवाली र ‘लम्फू’लाई लिएर फिल्मप्रति कौतुहलता बोकेका सबैको लागी बाटो खुल्ला छ । तर फिल्ममा ‘तरकारीवाली’ उर्फ कुसुम भने ‘सो पीस’ मात्रै छिन् । दोश्रो हाफमा केहि दृश्यहरुसँगै उनको उपस्थिती हुन्छ तर उनको अभिनय फिक्का लाग्छ । प्रचारको मुख्य हतियार बनाउन निर्माण टिमले उनलाई अघि सारेर र फिल्ममा जोडेर गरिएको एजेण्डाले फेल खाएको छ ।

न त उनको अभिनयमा दम देखिन्छ, न त डायलग डेलिभरीमा नै । त्यसो त फिल्म हेरिसक्दा र कथावस्तु बुझिसक्दा उनको उपस्थिति नै कथाले मागेको पाइँदैन । नर्सको भुमिका निभाएकी उनको पात्रलाई जस्टिफाइ गर्न अन्तिम पटक उनलाई जोडेर देखाइएको दृश्यले मात्र दर्शकलाइ केहि हदसम्म न्याय गर्छ ।

त्यसो त ‘तरकारीवाली’को नाममा चर्चा हुँदाको समयमा उनको नामको हाइप जे थियो त्यो अहिले बिल्कुल छैन । अर्को तर्फ न कुनै अभिनय ‘क्लास’ न त अनुभव नै, बिना ज्ञान फिल्म क्षेत्रमा जोडिएकी कुसुमको भविष्य ठुलोपर्दामा धानिने देखिँदैन । कुसुमजी, तरकारी बाटै पाएको चर्चालाई जोगाउनतिर लाग्ने कि बाटो बिराएर पाइराखेको साख पनि गुमाउने ?

 गोपालचन्द्र लामिछाने निर्देशित फिल्मको ओपनिङ विजनेस औसत छ । फिल्म हेर्ने दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् । डेब्यू अभिनेता कबिर खड्काको कामलाई संभावनावान हिरोको ट्याग मिलेको छ ।

Comments