Logo

‘छक्का पञ्जा ३’ सुटिङ सुरु, दीपकले खोले स्वस्तिमा नहुनुको रहस्य

हिट सिरिज ‘छक्का पञ्जा’को तेश्रो संस्करण सुरु भएको छ । शुक्रबार भक्तपुरको सुर्यविनायक मन्दिरमा पुजा आजा गर्दै निर्माण टिमले फिल्मलाई औपचारिक रुपमा फ्लोरमा लग्यो । ४५ दिनको छायांकन तालिका लिएर फ्लोरमा गएको निर्देशक दीपाश्री निरौलाले बताइन् ।

अधिकांश दृश्य काठमाडौं खिचिने फिल्मका केहि दृश्य दमौली बागलुङमा खिचिनेछ । फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाइं, केदार घिमिरे, जितु नेपाल, पुष्प खड्का, बुद्धि तामाङ लगायत लिड रोलमा हुनेछन् । छक्का पञ्जा २ मा स्वस्तिमा खड्का र प्रियंका लिड अभिनयमा रहँदा दुबै जना यो पटक लिड अभिनयमा नहुने पक्का भएको छ । स्वस्तिमा आउट हुँदा अतिथी भुमिकामा प्रियंका देखिने बताइएको छ ।

कथाको माग अनुसार तथा दर्शक तथा शुभचिन्तकहरुले आफ्नो जोडीको रुपमा नयाँ अनुहार खोजेको कारण पनि दीपिकाको आगमन भएको दीपकले बताए । दीपाले फुलप्याक कमेडी फिल्म बनाएर आउँदो दशैंमा दर्शकमाझ आउने बताइन् ।

यसैबीच स्वस्तिमा खड्का रहने भन्दा भन्दै पनि अन्तिममा उनि नरहेको बारेमा दीपकले मुख खोलेका छन् । दीपकले स्वस्तिमालाई फुच्चीको सज्ञा पनि दिए । आफुसँग जोडी नमिल्ने र कथामा दाजु बहिनि अनि बाबु छोरीको भुमिका नभएको कारण नै उनि नसमेटिएको दाबी उनिसँगै दीपाको थियो । त्यसो त यो फिल्म रिलिज हुने मितिमा नै दशैंमा स्वस्तिमा स्टारर अर्को फिल्म ‘जय भोले’ले रिलिज घोषणा गरिसकेको छ ।

Comments