Logo

१४ वर्षीय बालिका लिएर रेखाले सुरु गरिन् ‘मालिका’

रेखा फिल्मसको पाँचौ प्रस्तुती ‘मालिका’को छायांकन सुरु भएको छ । सोमबार बिहान पशुपतिमा पूजाआजा गर्दै रेखा थापाले बालुवाटारबाट फिल्मको छायाँकन सुरु गरेकी हुन् । मालिका लाई रेखा आफैले निर्देशन गर्दैछिन् ।

करिब दश दिनको काठमाण्डौंको सुटिङपछि ‘मालिका’ टिम राजधानी बाहिर पुग्नेछ ।राजधानीपछि मालिकाको कोहलपुर र जाजरकोटमा छायाँकन हुने बताइएको छ ।

मालिकामा रेखा, नरबहादुर कार्की र जाजरकोटकी १४ वर्षीय बालिका कमला ओलीको मुख्य भूमिका रहनेछ । रेखाको आफ्नै कथा र कन्सेप्ट रहेको फिल्म व्यक्तिको सोच परिवर्तनको विषयमा आधारित रहेको उनले बताउँदै आएकी छिन् ।

रेखाले पछिल्लो पटक ‘हिम्मतवाली’ फिल्म आफै निर्देशन गरेकी थिइन् । मालिकालाई लक्ष्मी पूजा कात्तिक २१ देखि प्रदर्शनमा ल्याउने लक्ष्य निर्माण टिमले राखेको छ । फिल्ममा रामशरण उप्रेतीको छायाँकन र सुरेश अधिकारीको संगीत छ ।

Comments