Logo

जेठ ४ गतेबाट फिल्म चल्न नदिने निर्माता संघको घोषणा

शेयर बाँडफाड तथा वक्सअफिसमा विषयमा वितरकहरुको संस्था चलचित्र संघसँग विमती राख्दै आएको निर्माताहरुको छाता संगठन नेपाल चलचित्र निर्माता संघले नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आफ्ना मागहरुको विषयमा वेवास्ता भएको भन्दै नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरिएको निर्माता संघका महासचिव तथा संघर्ष समिति संयोजक रोज राणाले बताए ।

आन्दोलनका नयाँ कार्यक्रम अन्तर्गत निर्माता संघले जेठ १ गते सम्पुर्ण चलचित्रकर्मीहरू विभिन्न हलहरूमा कालोपट्टि बॉधेर उपस्थित हुने, जेठ २ गते चलचित्र विकास वोर्डमा कुनै पनि चलचित्र सेन्सर नगर्न का लागि दबाब दिदै धर्ना दिने र जेठ ४ गते देखि सम्पूर्ण सिनेमा हलहरूमा कुनै पनि चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ । यति हुँदासम्म पनि वार्ता र छलफलमा नआउँदै गर्दा आन्दोलनलाई थप चर्काउनेगरी अघि बढ्ने राणाले फिल्मीनेपालसँग बताए ।

हामीले १५ महिनादेखि ताकेता गरिरहेका छौँ, तर पछिल्ला निर्णयपछि पनि उहाँहरु वार्ताको लागीसम्म तयार हुनुभएन, राणाले भने, ‘हामीले पठाएको पत्रको सम्म वेवास्ता भएपछि यसअघिको सम्पुर्ण निर्माताहरुको भेलाले दिएको ‘मेन्डेड’ अनुसार आन्दोलनलाई अघि बढाएका हौँ ।’

जेठ ४ गतेबाट नयाँ फिल्ममात्रै रिलिज रोक्ने र हलमा चलिरहेका फिल्मलाई भने निरन्तर प्रदर्शनको बाटो खुला रहेको उनले बताएका छन् । सम्पुर्ण निर्माताहरु आफ्ना रिलिजका फिल्म रोक्नसम्म तयार भएको दाबी गर्दै राणाले आफुहरुका माग सुनुवाइ नहुँदासम्म आन्दोलन नरोकिने बताए ।

निर्माताहरुले आफूलाई चलचित्रको व्यवसायको ६० र प्रदर्शकलाई ४० को शेयर बाँडफाँडको माग गर्दै आएका छन् । जुन बिषयमा प्रदर्शकहरुको संस्था चलचित्र संघले आनाकानी गर्दै आएको छ ।

यसैबीच चलचित्र संघ निर्माता संघसँग वार्ताको लागी तयार भएको छ । संघले हालै एक प्रेस विज्ञप्ति प्रकाशित गरी हरेक कुराको समाधान वार्ताबाट हुने भन्दै निर्माता संघको आन्दोलन र हाल देखिएका समस्यालाई समाधान गर्न भाष्कर ढुङ्गानाको संयोजकत्वमा पाँच सदस्यिय कार्यदल गठन गरेको जानकारी गराएको छ ।

कार्यदलमा नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, त्रिरत्न मानन्धर र भरत अग्रवाल सदस्य छन् । अध्यक्ष प्रदीपकुमार उदयद्वारा हस्ताक्षरित विज्ञप्तीमा चलचित्र संघ सदेव पारदर्शिता तथा वैज्ञानिक शेयर बाँडफाँड र अन्य समस्याप्रति सकारात्मक रहँदै आएको उल्लेख छ ।

विज्ञप्तिको पुर्णपाठः

Comments