Logo

फ्राइडे रिलिजः दाइजो बिरोधी ‘भोर’सँगै डण्डीबियो ब्युँझाउने कथा पर्दामा

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबारबाट दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । नेपाली मल्टिप्लेक्समा हलिउड फिल्म ‘एभेञ्जर’को दबदबा दोश्रो हप्तामा पनि कायम हुँदा मल्टिप्लेक्ससँगै सिंगल स्कृन सबैतिर एकसाथ दुई फिल्म प्रदर्शनमा आएका हुन् । प्राप्त जानकारी अनुसार दुबै फिल्मको सुरुवात सुखद छ ।

यसअघि ऐतिहासिक कृतिमा आधारित ‘झोला’ निर्देशन गरेर सफल निर्देशकको ट्याग पाएका यादवकुमार भट्टराइ निर्देशित फिल्म ‘भोर’ले मधेशी समुदायमा व्याप्त दाइजो प्रथाको कथा बोल्छ । फिल्मले नेपाली समाजको यथार्थ कथा बोलेको छ । रिलिजपुर्व आयोजित विभिन्न स्कृनिङमा उत्कृष्ट प्रतिक्रिया पाएको फिल्मलाई दाइजो प्रथा निर्मुलिकरणको अभियानको रुपमा मन्त्रीदेखि नागरिक अधिकार कर्मी सबैले लिइसकेका छन् ।

राज तिमिल्सिना, रामगोपाल थापा र देवेन्द्र सुवेदी निर्मित फिल्ममा डली सरकार, रामनारायण ठाकुर, अनिता रानी मण्डल, प्रमेश झा, डली सरकार, पूजा कर्ण, मदन ठाकुर, विष्णुकान्त झा लगायतका कलाकारलहरु लिड अभिनयमा छन् । फिल्मको कथा साहित्यकार तथा झोलाकै कथाकार कृष्ण धरावासीले लेखेका हुन् । सोहि कथालाई निर्देशक भट्टराईले पटकथामा ढालेका हुन् ।

steel from ‘Damaruko Dandibiyo’

यस्तै केहि बर्षपहिले नेपाल सरकारले राष्ट्रिय खेलबाट हटाएको डण्डीबियो खेललाई लिएर तयार फिल्म ‘डमरूको डण्डीबियोलाई छेतेन गुरुङले निर्देशन गरेका छन् । यो स्पोर्ट्स ड्रामाले शुक्रबार आयोजित प्रेस सोमा सुखद प्रतिक्रिया पाएको छ । लोपोन्मुख बनिरहेको डण्डीबियो खेललाई पुनर्जिवित बनाउने उद्देश्य सहित बनेको फिल्ममा खगेन्द्र लामिछाने, लक्ष्मी बर्देवा, मेनुका प्रधान, अंकित खड्का, आशान्त शर्मा लिड रोलमा छन् ।

Comments