Logo

खगेन्द्र जी, चिची-पापा दुबै नछोड्ने !

अभिनेता खगेन्द्र लामिछाने स्टारर फिल्म ‘डमरूको डण्डीबियो’ यो शुक्रबारबाट रिलिजको तयारीमा छ । एकसमय नेपालको राष्ट्रिय खेलको रुपमा रहेको डण्डीबियो खेल विस्तारै लोपोन्मुख हुँदै गर्दा त्यसको क्रेजलाई ब्यूँताउने भन्दै खगेन्द्र यतिबेला प्रचारमा व्यस्त छन् । सँगै उनि यो फिल्म रिलिज पहिले नै नयाँ फिल्ममा अनुबन्ध भएका छन् ।

steel from ‘Damaruko Dandibiyo’

प्राप्त जानकारी अनुसार यसअघि ‘घामपानी’ निर्देशन गरेका सञ्चारकर्मी दिपेन्द्र लामाको दोस्रो प्रोजेक्ट ‘गोपी’मा खगेन्द्र अनुबन्ध भएका छन् । उक्त फिल्मको औपचारिक निर्माण घोषणा बिहिबार हुँदैछ । ‘गोपी’ टाइटलमा फिल्म बन्दै गर्दा मुख्य भुमिका अर्थात ‘गोपी’को अबतारमा खगेन्द्र देखिने निश्चित छ ।

फिल्ममा सामिप्यराज तिमिल्सिनाको लेखन रहनेछ । खगेन्द्रसँगै सुरक्षा पन्त, अंकित खड्का, प्रकाश घिमिरे पनि उक्त फिल्ममा रहने निश्चित भइसकेको छ । तर खगेन्द्रको खास भुमिका के भन्ने भने खुलाइएको छैन । अर्का सञ्चारकर्मी श्रीधर पौडेल यो फिल्ममा कार्यकारी निर्माताको रुपमा हुनेछन् । आगामी भदौमा फिल्मको छायांकन सुरु हुने बताइएको छ ।

Khagendra and Swostima: on the Announcement ceremony of Jay Bhole

त्यसो त खगेन्द्रले यसअघि नै फिल्म ‘जय भोले’को छायांकन सकाएका छन् । ‘जय भोले’ र ‘डण्डीबियो’ दुबै प्रोजेक्टका कथा लेखक खगेन्द्र नै हुन् । केहि महिना पहिले आयोजित एक कार्यक्रममा खगेन्द्रले आफुलाई चित्तबुझ्दो स्कृप्ट कसैले लेख्छ भने सलाम गर्दै काम गर्न तयार हुने बताएका थिए । संयोग यो मिलेको छ कि ‘गोपी’मा खगेन्द्र लामोसमय पछि आफु बाहेक कसैले लेखेको स्कृप्टमा काम गर्न तयार भएका छन् ।

‘गोपी’ले बर्ष २०७५ भित्रै रिलिज तोक्दैगर्दा एकसमय फिल्म रिलिजलाई ‘ग्याप’ खोज्ने, लगातार फिल्म खेल्दिन बोल्ने खगेन्द्रका यो बर्ष मात्रै तीन फिल्म रिलिज हुने पक्का भएको छ । ‘जय भोले’ले दशैँलाई रिलिज डेट तोकिसकेको छ । कुनै समय लगातार पर्दामा आउँदिन बोल्ने उनका एकैबर्ष तीन फिल्म आउनु चाहिँ कस्तो संयोग हो यो ? खगेन्द्र ज्यू, चिची पनि पापा पनि दुबै नछोड्ने भने जस्तो भएन र !

 

Comments