Logo

अन्तर्राष्ट्रिय अवार्ड विनर नीतालाई एनएफडिसीमा नो खबर, निर्देशकले लगाए किनबेचको आरोप !

गत चैत्रमा प्रदर्शनमा आएको फिल्म ‘पञ्चायत’बाट अभिनेत्री नीता ढुङ्गाना चौतर्फी तारिफकी पात्र बनिन् । नेपालमा चलचित्रकर्मी, समिक्षक तथा राजनीतिक नेतासम्मले उनको कामको तारिफ गरेनन् मात्रै रिलिज पहिले अमेरिकामा सम्पन्न एक अन्तर्राष्ट्रिय अवार्ड समारोहमा फिल्म सहभागी हुँदा सय बढि देशलाई उछिन्दै उनि उत्कृष्ट अभिनेत्रीसम्म कहलिइन् ।

छाउपडी प्रथाको कथा तथा २०३० को दशक आसपासको पञ्चायतकालिन परिवेशलाई पर्दामा उतार्दा फिल्मले पनि तारिफ भेट्यो भलै व्यवसायिक पाटो सफल भएन । अन्तर्राष्ट्रिय अवार्ड समारोहमा अब्बल ठहरिएको फिल्म केहि दिन पहिले काठमाडौंमा सम्पन्न एनएफडिसी अवार्ड समारोहमा हाल खाली बन्दा निर्देशक सिवम अधिकारीले त फेसबुकमा स्टाटस लेख्दै अवार्डलाई किनबेचको आरोप सम्म लगाए ।

पञ्चायत निर्देशक शिवम अधिकारीको स्टाटस

‘हल किन्ने, होल्ड ओभर बचाउन टिकेट किन्ने, हुँदाहुँदै अवार्ड किन्ने ? आखिर के के मात्र किन्नु के निर्माताले ?’ सिवमको स्टाटस थियो । उनको यो आक्रोस अवार्ड नपाएकोमा त छँदै थियो, मनोनयनमा परेर पनि निम्तो नपाएकोमा पनि थियो । उनले मात्र नभएर धेरै फिल्मकर्मीले एनएफडिसी अवार्डलाई किनबेचको आरोप लगाउँदा उत्कृष्ट अभिनेत्रीको मनोनयनमा परेकी नीता पनि उक्त अवार्ड समारोहबाट बेखबर थिइन् ।

पञ्चायत प्रिमियरमा अभिनेता सरोज खनालसँग नीता

‘मनोनयन सार्वजनिक कार्यक्रममा निम्तो थियो, तर अवार्ड भइसकेको भन्ने त सिधै मिडियामा समाचार आएपछि थाहा पाएँ नीताले भनिन्, ‘अवार्ड कसले जित्यो भन्नेमा मेरो गुनासो हैन र कहिल्यै हुनेछैन, मात्र कसैको स्वार्थ (इन्टेन्सन) यस्तो विशिष्ट अवार्डमा जोडिएर अवार्डकै मर्यादामा कतै धक्का त पुगेको छैन भन्नेमा गुनासो मात्र हो ।’ उनले मनोनयनमा आफ्नो प्रतिस्पर्धि रहेर विजेता बनेकी वेनिशा हमाललाई बधाइ दिँदै थपिन्, ‘म सधैँ काममा रमाउने मान्छे हुँ, राम्रो गर्यो भने पक्का कहिँ न कहिँ मुल्याङकन हुने नै छ, सधैँ आफ्नो वेष्ट दिने कोशिस गर्नेछु ।’

नीता मात्र होइनन् मनोनयनमा परेका धेरै फिल्मकर्मीले अवार्ड समारोहको निम्तो सम्म नपाएको गुनासो पोखिरहेका छन् भने उत्तिकैले अवार्ड निस्पक्ष नबनेको आरोप पनि लगाएका छन् । त्यसो त उत्कृष्ट अभिनेत्रीको मनोनयनमा परेका मध्ये वेनिशा मात्रै अवार्ड वितरण समारोहमा उपस्थित हुँदा धेरैले कार्यक्रम सुरु हुनुपुर्व नै वेनिशालाई विजेता भन्दै बधाइसम्म दिन भ्याएका थिए !

Comments