Logo

एनएफडिसी अवार्डः अनमोल र वेनिशा उत्कृष्ट, फिल्ममा ‘शत्रु गते’ (सुचि सहित)

बिहिबार साँझ सम्पन्न एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार अन्तर्गर उत्कृष्ट फिल्मको अवार्ड ‘शत्रु गते’ले जितेको छ । २०७४ सालभरी प्रदर्शनमा आएका फिल्महरु माध्येबाट उत्कृष्ट छान्दै गर्दा यो फिल्मले उत्कृष्टताको अवार्ड जित्यो । उत्कृष्ट अभिनेतातर्फ ‘कृ’ फिल्मबाट अनमोल केसीले अवार्ड जितेका छन् ।

उत्कृष्ट अभिनेत्रीको अवार्ड वेनिशा हमालले ‘ब्लाइण्ड रक्स’बाट पाउँदा निर्देशनको अवार्ड ‘लिलिबिली’बाट मिलन चाम्सले उचाले । यस्तै उत्कृष्ट कथा लेखनतर्फ फिल्म ‘शत्रुगते’ले अवार्ड जित्यो भने पटकथामा ‘छक्का पञ्जा २’बाट दीपकराज गिरी, केदार घिमिरे र जितु नेपाल उत्कृष्ट बने ।

यस्तै उत्कृष्ट नव अभिनेताको अवार्ड ‘ग्याङ्गस्टर ब्लूज’बाट आशिरमान देशराज जोशीले जित्दा नव अभिनेत्रीतर्फ ‘लिलिबिली’बाट जसिता गुरुङ उत्कृष्ट बनिन् । सह अभिनेताको अवार्ड प्रशान्त ताम्राकारले ‘ऐश्वर्य’बाट जित्दा सह अभिनेत्रीको अवार्ड सोहि फिल्मबाट केकी अधिकारीको पोल्टामा पर्यो । छायाँकारको अवार्ड सुदिप बरालले ‘लिलिबिली’बाट जितेका छन् ।

वर्षाको प्रभावका कारण लथालिङ्ग बनेको अवार्ड समारोहलाई अन्त्यसम्म पुर्याउन आयोजक गोपिकृष्ण मुभिजलाई हम्मे हम्मे परेको थियो । अवार्ड वितरण समारोहमा फिल्म क्षेत्रमा वरिष्ट मानिने दिग्गज व्याक्तित्वहरुको बाक्लो उपस्थिती थियो ।

बिजेताहरुको सुचीः

उत्कृष्ट फिल्मः शत्रु गते
उत्कृष्ट निर्देशकः मिलन चाम्स, लिलिबिली
उत्कृष्ट अभिनेताः अनमोल केसी, कृ
उत्कृष्ट अभिनेत्री वेनिशा हमाल, ब्लाइण्ड सक्र
उत्कृष्ट कथाः शत्रु गते
उत्कृष्ट पटकथाः छक्का पञ्जा २
उत्कृष्ट छायाँकनः सुदिल बराल, लिलिबिली
उत्कृष्ट सम्पादनः मित्र डि गुरुङ, शत्रु गते
उत्कृष्ट हाँस्य कलाकारः केदार घिमिरे, छक्का पञ्जा २
उत्कृष्ट नव अभिनेताः आशिरमान देशराज जोशी, ग्याङ्गस्टर ब्लूज
उत्कृष्ट नव अभिनेत्रीः जसिता गुरुङ, लिलिबिली
उत्कृष्ट सह अभिनेताः प्रशान्त ताम्राकार, ऐश्वर्य
उत्कृष्ट अभिनेत्रीः केकी अधिकारी, ऐश्वर्य
उत्कृष्ट नृत्य निर्देशकः कविराज गहतराज, २ रुपैया
उत्कृष्ट गायिकाः अञ्जु पन्त, ऐश्वर्य
उत्कृष्ट गायकः सुगम पोखरेल, ऐश्वर्य
उत्कृष्ट गीत लेखनः डा. कृष्णहरी बराल, म यस्तो गीत गाउँछु
उत्कृष्ट संगीतकारः राजनराज शिवाकोटी, २ रुपैया
उत्कृष्ट सर्वोत्कृष्ट व्यवसायिक फिल्मः छक्का पञ्जा २
उत्कृष्ट द्वन्द्व निर्देशकः चन्द्र पन्त, कृ
उत्कृष्ट मिक्सिङः अमित श्रेष्ठ, शत्रु गते
उत्कृष्ट पार्श्व संगीतः एलिश कार्की, लिलिबिली

मह जुरी अवार्डः रमेश बुढाथोकी, भुइंमान्छे

 

Comments