Logo

शुक्रबार ‘डेजा भू’ मा लिज ब्रोउन धमाका

पछिल्लो क्रममा राजधानीकै नम्बर वान ‘नाइट क्लब’को ट्याग पाएको ‘डेजा भू’ले एकपछि अर्को गर्दै विश्व प्रसिद्ध डिजे तथा गायकहरुलाई नेपाल भित्र्याइरहेको छ । यो क्लबमा वलिउडदेखि हलिउडसम्मका चर्चित डिजे तथा गायक, गायिकाहरुले प्रस्तुती दिइसकेका छन् । लाइभ म्यूजिक र कन्सर्टमा झुम्नेहरुको लागी यतिबेला ‘डेजा भू’ पहिलो रोजाइ जस्तै बनिसकेको छ ।

यो बीचमा यहि शुक्रबार क्लब ‘डेजा भू’ युक्रेनी डिजे लिज ब्रोउनमल हुने भएको छ । पछिल्लो पुस्ताका म्यूजिक लभरहरुलाई ध्यानमा राख्दै क्लबले लिजलाई काठमाडौं ल्याउन लागेको क्लब सञ्चालक मध्येका एक विश्व श्रेष्ठले बताए । विश्वका अनुसार उक्त दिन २ हजार बराबर क्राउड उपस्थित गराउने लक्ष्य आयोजकको छ ।

ब्रोउन पछिल्लो समय भारतको महाराष्ट्र बेष्ट डिजे हुन् । युवा पुस्तामाझ निकै लोकप्रिय डिजेको उपमा पाएकी उनका नेपालमा पनि ठुलो फ्यान फलोइङ रहेको आयोजकको दाबी छ । लेडिज डिजेतर्फ साउथ एशियामा आफ्नो भिन्नै परिचय स्थापित गरिसकेकी उनको प्रस्तुतीमा नेपालीहरुलाई झुमाउने आशा पनि आयोजकले बोकेको छ ।

DJ Angel

यस्तै आउँदो बुधबार पनि चर्चित भारतिय डिजे ‘एञ्जल’को प्रस्तुती ‘क्लब डेजा भू’मा हुने कन्फर्म भएको छ । भारतको नम्बर वान डिजेको ट्याग पाएकी एञ्जलले चर्चित बलिउड फिल्म ‘किक’, ‘जय हो’, ‘आशिकी २’ ‘बुलेट राज’, ‘बोस’ लगायतमा समेत संगीत रिमिक्स गरिसकेकी छिन् । एकपछि अर्का चर्चित विदेशी कलाकारहरुलाई काठमाडौं उतार्दै आएको ‘डेजा भू’ प्रायः कार्यक्रममा सफल पनि बन्दै आइरहेको छ ।

photo courtesy: GOOGLE

Comments