बक्सअफिस कार्यान्वयनमा अवरोध गर्नेलाई कारबाहीको तयारी
नेपाल सरकारले चलचित्र क्षेत्रको विकासका निमित्त सिनेमा हलहरुमा आर्थिक पारदर्शिता आवश्यक देखेर बक्स अफिस प्रणालीलाई मूर्तरुप दिने अन्तिम तयारीमा छ । तर बैशाख पहिलो साता देखिनै बक्स अफिस ‘इ टिकेटिङ’ सिष्टम लागु गर्न तयार देखिएका हलवालाहरु नै अहिले बिरोधमा देखिएका छन् ।
सुचना तथा सञ्चार मन्त्रालय मातहतमा रहेको नेपाल चलचित्र विकास बोर्डले हलवाला तथा निर्माताहरुसंग पटक पटक मौखिक र लिखित सल्लाह गरी सकेको छ । हरेक पटकको मौखिक तथा लिखित सल्लाहमा कर्मचारीले गर्न सक्ने अनियमीततामा समेत बक्स अफिस लागू भए पछि नियन्त्रण आउने भन्दै सरकारलाई बक्स अफिस लागू गर्न सल्लाह दिंदै आएका थिए । तर यतिबेला चलचित्र विकास बोर्डले तिन तिन पटक अफिसियल ररुपमा पत्राचार गरी सक्दा पनि केही हलवालाहररु बक्स अफिस लागू गर्न आनाकानी गरीरहेका छन् ।
मौखिक रुपमा हुन्छ भन्ने हलवालाहररु किन यसरी सुस्त देखीए यस्ले बिभिन्न किसीमका आशंकाहररु जन्माएका छन् । आउँदो श्रावण एक गते सम्ममा सम्पुर्ण चलचित्रघरहररुमा पुर्णरुपमा बक्स अफिस लागू गर्ने सरकारको योजना छ । यसै योजना अन्र्तगत बोर्डले तिन तिन पटक हलवालाहरुलाई पत्राचार पनि गरिसकेको छ । तर । बोर्डको परिपत्रलाई केही हलवालाहरु यतिबेला नजरअन्दाज गरेर बसेपछि बक्स अफिस लागू गर्न अवरोध गर्ने जो कसैका विरुद्ध सरकारले अब कडाईका साथ अघि बढने मनस्थिती बुनेको छ ।
अर्थ मन्त्रालयका एक अधिकारीले भने “अब सरकार चुपलागेर बस्दैन, अटेर गर्ने चलचित्रघरहररुलाई अब कारवाही हुन्छ ।’ वोर्ड अध्यक्ष निकीता पौडेलले भनिन् “सबै कुराहरु स्पष्टनै देखीएको छ, बक्स अफिस लागु हुन्छ हुन्छ, यो नेपाल सरकारको निर्णय हो, वोर्ड ब्याक हुन सक्दैन, नमान्नेहररु कानुनी कारवाहीमा पर्नेछन् ।’
विभीन्न बाहानामा केही हलवालाहररुले बक्स अफीस प्रणाली कार्यान्वयन गर्न जती नै आलटाल गरे पनि कार्यान्वयन प्रक्रियामा अवरोध गर्ने जो कसैलाई सरकार भने कानुन बमोजीम कारवाही गर्ने मुडमा देखिएको छ । पछिल्लो पटक चाबहिलको गोपिकृष्ण हलमा बक्सअफिस प्रणालीको परिक्षणपछि केहि फिल्मकर्मीहरु यतिबेला सामाजिक सञ्जालमा बक्स अफिसको पक्ष र विपक्षमा वादविवादमा समेत उत्रिएका छन् ।
(चलचित्र पत्रकार मनिष कार्कीको सहयोगमा)