सविनसँग अनुको खुल्लम खुल्ला प्यार !
एक महिना पहिले जस्तो केहि मिडियाहरुमा अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहको विवाह र प्रेम गसिपले चर्चा पायो । तर सिधआ रुपमा दुबैले ‘क्लोज फ्रेण्ड’ मात्र भन्दै समाचार र गसिपलाई नकार्दै हिँडे । अब भने यो जोडीले आफ्नो प्रेम खुल्लम खुल्ला पोख्न थालेको छ । पछिल्लो समय अनुका इन्ष्ट्राग्राम र फेसबुक स्टोरी (पोष्ट)हरु यस्तै देखिन्छन् ।
मंगलबार मात्रै अनुले प्रेमको सिम्बोलसहित सविनसँगको तश्विर पोष्ट गरेकी छिन् । जहाँ हजार बढि लाइक र सयौँ कमेन्ट व्यक्त छन् । कतिले ‘नाइस कपल’ लेखेका छन् त कतिले ‘संसारकै उत्कृष्ट कपल’को ट्याग दिएका छन् । फिल्मकर्मी तथा सुभेच्छुकहरुबाट सयौं कमेन्ट व्यक्त हुँदा त्यसमाअनु र सविनले भने प्रतिक्रिया (रियाक्ट) जनाएका छैनन् ।
विवाहको कुरा नकारेको यो जोडी अब एक अर्कोबाट टाढा हुन नसक्ने पछिल्ला गतिविधिहरुबाट प्रष्टिन्छ । त्यसो त समय मिल्दा दुबै एकसाथ हुने भेट्ने, डेट गर्ने गरेका गसिपहरु समेत समय समयमा मिडियामा चर्चामा आइरहन्छन् । त्यसैले पनि अब सविन र अनुको प्यार कसैबाट नछिप्ने स्पष्ट छ । ‘लक्ष्य’ नामको फिल्ममा एकसाथ काम गर्दैगर्दा यो जोडी एक अर्कामा नजिक भएको थियो । त्यहाँबाट नै प्रेमको पालुवा पलाउन सुरु भएको थियो ।