Logo

दाइजो प्रथा विरुद्धको ‘भोर’ ट्रेलर रिलिज (भिडियो)

सती प्रथामा आधारित चलचित्र ‘झोला’ निर्देशन गरेर चर्चामा आएका यादवकुमार भट्टराई निर्देशित चलचित्र ‘भोर’ को ट्रेलर सार्वजनिक भएको छ । तराईमा व्याप्त दाइजो प्रथाको कथालाई उठान गरेर फिल्म निर्माण गरिएको छ । नयाँ बर्ष २०७५ को छेकोमा निर्माण टिमले दर्शकलाई उपहार स्वरुप ट्रेलर रिलिज गरेको हो ।

निर्देशक भट्टराईले यसअघि चलचित्र झोला निर्माण गरेर वाहवाही बटुलेका थिए । यसपटक पनि उनले मौलिक कथालाई नै उठाएर फिल्म निर्देशन गरेका हुन् । तराईमा मात्र नभएर पहाडमा पनि दाइजो प्रथा व्याप्त छ । चलचित्रको टेलर अन्य फिल्मभन्दा केही फरक देखिन्छ । दाईजोलाई महिला हिंसा नभई मानव हिंसा भन्दै सामाजिक कुरुतिको रुपमा व्याप्त यो प्रथालाई निर्मुल पार्ने अभियानको रुपमा निर्माण टिमले यो फिल्मलाई लिएको छ ।

चलचित्रको कथा साहित्यकार तथा झोलाकै कथाकार कृष्ण धरावासीले लेखेका हुन् । त्यस्तै फिल्मलाई निर्देशक भट्टराईले पटकथामा ढालेका हुन् । तराईमा मात्र नभएर पहाडमा पनि दाइजो प्रथा व्याप्त छ । चलचित्रको ट्रेलर अन्य फिल्मभन्दा केही फरक देखिन्छ । फिल्मले उठाएको मुख्य विषयवस्तुको वरीपरी नै ट्रेलर घुमेको छ ।

चलचित्रको कथा साहित्यकार तथा झोलाकै कथाकार कृष्ण धरावासीले लेखेका हुन् । सोहि कथालाई निर्देशक भट्टराईले पटकथामा ढालेका हुन् ।
चलचित्रमा राम नारायण ठाकुर, अनिता रानी मण्डल, प्रमेश झा, डली सरकार, पूजा कर्ण, मदन ठाकुर, विष्णुकान्त झा लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रलाई दीपक बज्राचार्यले छायांकन गरेका हुन् भने राज तिमिल्सिना र राम गोपाल थापाले निर्माण गरेका हुन् । फिल्मका कार्यकारी निर्माता देवेन्द्र प्रसाद सुवेदी छन् । उज्जल ढकालले फिल्मलाई सम्पादन गरेका छन् । आउँदो बैशाख २१ बाट प्रदर्शनमा आउने फिल्मको केहि दिन पहिले मिथिलाधाम जनकपुरमा प्रिमियर सम्पन्न भएको थियो । जनकपुर र पोखरामा सम्पन्न प्रिमियर तथा बिहिबार मात्रै हेटौँडामा सम्पन्न च्यारेटीमा फिल्मले उच्च तारिफ भेटेको छ ।

महिलाप्रधान फिल्मले उठाएको विषय र यसको प्रस्तुतीकरणमा धेरै दर्शकले तारिफ गर्दा लिड कलाकारहरुको अभिनयले पनि प्रशंसा भेटेको छ । मुख्यतः मिथिलाञ्चलका स्थानिक कलाकारहरुको बाहुल्यता रहेको फिल्मको सम्पुर्ण छायाँकन जनकपुरमा नै गरिएको छ ।

Comments