हेटौँडाकी खतिवडा बनिन् मिस नेपाल २०१८
मिस नेपाल वर्ल्ड २०१८ को उपाधि हेटौँडाकी श्रृङ्खला खतिवडाले जितेकी छिन् । बुधबार राजधानीमा आयोजित ग्राण्ड फिनाली राउण्डमा दर्जनबढि प्रतियोगीहरुलाई पछि पार्दै खतिवडाले उपाधि आफ्नो पोल्टामा पारेकी हुन् । उनलाई पुर्व मिस नेपाल निकिता चण्डकले ताज पहिराईन् । उनले मिस वर्ल्ड २०१८ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
मिस नेपाल ईन्टरनेशनल नेपाल कन्टेस्टेन्ट नम्बर २ रोनाली अमात्य घोषित भइन् । यस्तै मिस नेपाल अर्थ तर्फको उपाधी कन्टेस्टेन्ट नम्बर ८ प्रिया सिग्देलको पोल्टामा पर्यो । मिस नेपाल युनिभर्सको उपाधि कन्टेस्टेन्ट नम्बर १० मनिता देवकोटाले चुमेकी छिन् ।
राजधानीको एक तारे होटलमा सम्पन्न मिस नेपाल २०१८ को फाइनलमा देशमा विभिन्न लब्ध प्रतिष्ठित व्याक्तित्वहरुको उपस्थिती थियो । मिस नेपालका विभिन्न विधाका नयाँ विजेतालाई अघिल्लो संस्करणका विजेताले उपाधीको ताज थमाएका थिए ।