Logo

भ्रामक प्रचारपछि अनमोलले लेखे गम्भिर स्टेटमेन्ट

पछिल्लो समय प्रचार र स्वार्थको नाममा मिडियाको हवाला दिँदै सामाजिक सञ्जालमा सेयर हुने विभिन्न समाचार तथा हेडलाईनहरु सेलिब्रेटीहरुलाई टाउको दुखाईको विषय बन्दै आइरहेका छन् । जसको पछिल्लो शिकार बने स्टार अभिनेता अनमोल केसी । अनमोलले बोल्दै नबोलेको कुरालाई लिएर केहि अनलाईनमा भ्रामक हेडलाईन सहितको समाचार आएपछि उनले चित्त दुखाएका छन् ।

अनमोलले फेसबुकमा सम्बन्धित समाचारको स्कृनसट सहित स्टाटस लेख्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । ‘यो हेडलाईन हेरेर नझुक्किनुहुन अनुरोध गर्दछु, अनमोलको स्टाटस बोल्छ, ‘समाचार बिकाउने उद्देश्यले कसैको चरित्रहत्या नगरिदिनुहुन पनि अनुरोध गर्दछु ।’

साम्राज्ञीपछि अनमोलले बोले भन्दै गाउँले भनेको भिकारी भन्ने प्रकारको झुटो खबर सम्प्रेक्षण गरेका दुई अनलाईनको स्कृनसट सहित अनमोलले स्टाटस पेश गरेको देख्दा उनले साइबर क्राइमको उजुरी तर्फ समेत सोच बढाएको बुझिएको छ । अन्त्यमा अनमोलले सबैमा आफ्नो सद्भाव र सम्मान रहेको समेत लेखेका छन् ।

Comments