Logo

यशोदाको आर्यघाटमा अन्त्येष्टि, थामिएनन् मदनकृष्णका आँशु

सोमबार दिवंगत भएकी वरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ पत्नि यशोदा सुवेदीको अन्तिम संस्कार गरिएको छ । नेपाली हिन्दु परम्परा अनुसार पशुपति आर्यघाटमा यशोदाको पार्थिव शरिरको अन्त्येष्टि गरियो । एक मात्र छोरा यमन श्रेष्ठले दागबत्ति दिए ।

यशोदाको अन्तिम संस्कारमा उल्लेख्य रुपमा फिल्मकर्मी तथा कलाकर्मीहरुको उपस्थिती आर्यघाटमा रह्यो । उपस्थित सबैको आँखा रसाउँदा सोमबार रातिदेखि नै भाव विह्वल भएका मदनकृष्णले आफुलाई सम्हाल्न सकिरहेका थिएनन् । उनलाई सहकर्मी कलाकार हरिवंश आचार्यले सान्त्वना दिँदै देखिन्थे भने हरिवंश समेत शोकाकुल बनेको तश्विरमा स्पष्ट देखिन्छ ।

मदनकृष्णले आँशु रोक्न नसक्दा हरिवंशले ‘दाइ म छु’ भन्दै सान्त्वना दिँदै थिए । लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएकी यशोदाले ६७ बर्षको उमेरमा यो संसारबाट विदा लिएकी हुन् । यशोदाको निधनमा शोकाकुल बनेको मदनकृष्ण परिवारमा धैर्य धारण गर्ने सामर्थ्य भगवानले प्रदान गरुन्, दिवंगत दशोधालाई हार्दिक श्रद्धा सुमन ।

Comments