Logo

ट्रेण्डिङको पहिलो स्थानमा कोहलपुर एक्सप्रेस

रिलिजको चौथो दिनमा अभिनेत्री केकी अधिकारीको निर्माणमा बनेको फिल्म ‘कोहलपुर एक्सप्रेस’को ट्रेलरले नेपाली युट्युव ट्रेण्डिङमा पहिलो स्थान कब्जा गरेको छ । हालसम्म करिब चार लाख पटक हेरिएको ट्रेलर सोमबार विहानदेखि ट्रेण्डिङ नम्बर वानमा छ । केकीले खुशी साट्दै फिल्मसँग जोडिएका सदस्यहरुलाई धन्यवाद लेखेकी छिन् ।

ट्रेलरलाई ८ हजार बराबरले लाइक गरेका छन् भने हजार बराबर कमेन्ट युट्युवमा व्यक्त छन् । पछिल्लो समयका चल्तिका हिरोइन केकीसँगै प्रियंका कार्की, ऋचा शर्मा, रिमा विश्वकर्मा साथसाथै विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा जोडिएको फिल्मलाई प्रायः प्रतिक्रिया सुखद मिलेको छ । कमेन्टमा अधिकांश दर्शकले फिल्मलाई ‘अवेटेड’ लेखेका छन् । ट्रेलरमा नै मेहनत प्रष्टिएको भन्दै फिल्म राम्रो बनेको आशालाग्दा कमेन्ट फ्यान तथा सुभचिन्तकहरुले गरेका छन् ।

विशाल भण्डारीको डेब्यू निर्देशनमा बनेको फिल्मको ट्रेलर मुख्यतः कमेडी बनाइएको छ । त्यसो त ट्रेलर रिलिज कार्यक्रममा नै भण्डारीले धेरै अहिले नै नबोल्ने भन्दै हलमा रहुञ्जेल दर्शकलाई हसाउँने सत प्रतिशत ग्यारेण्टी लिन्छु बोलेका थिए । शान बस्न्यातले स्कृप्ट लेखेको फिल्म जुनकिरी आर्ट्सको ब्यानरमा तयार भएको हो ।

अर्जुन तिवारीले छायाँकन गरेको ‘कोहलपुर एक्सप्रेस’ आगामी बैशाख १४ बाट दर्शकमाझ आउँदैछ । फिल्ममा लगानीमा साझेदारी भद्रबहादुर शाही, देविलाल न्यौपाने र शिवप्रसाद चौलागाइँले गरेका छन् । राजनराज शिवाकोटी, कालिप्रसाद बाँस्कोटा र अर्जुन पोखरेलले संगीत भरेका छन् ।

Comments