Logo

चोरी काण्डपछि ‘ढुकढुकी’ बन्यो ‘कृ’को उकालीमा अघिअघि (भिडियो)

पछिल्लो हप्ताभरि चर्चामा रह्यो फिल्म ‘कृ’मा समावेश उकालीमा अघि अघि बोलको गीतको चोरी काण्ड । ‘सम्झना’ फिल्ममा समावेश गीत चोरी गरिएको भन्दै प्रतिलिपी उलंघनको मुद्धा सम्भु प्रधानले दर्ता गरे ११ लाख क्षतिपुर्ती असुले । सँगसँगै फिल्मबाट उक्त गीतको अडियो पनि अटाउने निर्णय भयो ।

अब भने नयाँ अडियो सहित ‘कृ’मा समावेश ‘उकालीमा’ गीतको भिडियो युट्युवमा अपलोड भएको छ । जहाँ केहि चल त केहि अचल दृश्य जोडिएको छ । उस्तै प्रकारको म्युजिक समावेश हुँदा गीतको बोल भने ‘ढुकढुकी’ बनेको छ ।

गीतमा स्वर, संगीत तथा शब्द अलमोडा राना उप्रेतीको छ । अनमोल र अदितीको रोमान्सलाई गीतको भिडियोमा समावेश गरिएको छ । उक्त भिडियोमा कोरियोग्राफी बिक्रम लामा र एञ्जेला खत्रीको छ । सुवास गिरीको निर्माणमा बनेको फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । फिल्म यतिबेला नेपाल रिलिज सकाएर विदेश प्रदर्शनको तयारीमा छ ।

Comments