Logo

कान्तिपुरले लियो ‘दि भ्वाइस अफ नेपाल’को डिजिटल अधिकार, निर्धारित मितिमा नआउने पक्का

विश्व चर्चित रियालिटी शो ‘दि भ्वाइस’को नेपाली फ्रेञ्चाइज ‘दि भ्वाइस अफ नेपाल’को डिजिटल अधिकार कान्तिपुर टिभीले खरिद गरेको छ । अब यो रियालिटी शो कान्तिपुर एचडी टिभीमा प्रसारण हुनेछ । हालै कान्तिपुर एचडी र फ्रेञ्चाइज आयोजक टिमबीच लिखित सम्झौता भएको हो ।

रियालिटी शो लाई एचडी टिभीमै प्रसारण गर्नुपर्ने बाध्यताका बीच पनि कान्तिपुरको विकल्प रहेन । किनकी यसअघि गत वर्ष सम्पन्न पहिलो नेपाल आइटलको निर्देशक लक्ष्मण पौडेल सहितको टिमले नै यो फ्रेञ्चाएजलाई नेपाल भित्र्याएको थियो । यतिबेला नेपालमा एपी वान र कान्तिपुर मात्रै एचडी च्यानल छन् । नेपाल आइडल एपीवानको होम प्रोडक्सन समेत रहेकोले यो फ्रेू्चाइज उक्त टिभीमा प्रसारण नहुने पक्कापक्की थियो ।

एएनसी प्रोडक्सन एजेन्सीले निर्माण गर्ने यस रियालिटी शो यसअघि तोकिएको मिति आगामी असार महिनाबाट भने प्रसारण नहुने भएको छ । ‘दि भ्वाइस अफ नेपाल’ प्रसारण हुने भनेकै समयमा विश्वकप फुटबलको निर्धारित समय परेकै कारण असारमा शो प्रसारण नहुने भएको हो । अब यो शो श्रावण महिनाबाट मात्रै टेलिभिजनमा प्रसारण हुने आयोजक कम्पनि एएनसीका अध्यक्ष प्रह्लादसिंह महतले बताएका छन् ।

उक्त रिलायाली शोमा फिरोज तिमल्सिना प्रमुख सहायक निर्देशकको रुपमा रहेका छन्। सुशील नेपालले सञ्चालन गर्ने उक्त शो मा निर्णायकको भूमिकामा वरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल,सनुप पौडेल र अबया सुब्बा रहने छन्।

‘द भ्वाईस अफ नेपाल’को विजेतालाई ‘भ्वाईस अफ नेशन’ घोषणा गर्ने आयोजकले बताएको छ । सँगै विजेताले २५ लाख नगद, नयाँ कार, २० लाख बराबरको भिडियो एल्बमको सम्झौता तथा विश्व भ्रमणको अवसर
प्राप्त गर्नेछन् ।

Comments