Logo

रिहाइपछि गिरीले लेखेः अपहरण शैलीमा हिरासत र अर्काको गल्तीमा किन तिराईयो ११ लाख ?

मंगलबार र बुधबार धेरै नेपाली मिडियामा फिल्म ‘कृ’का निर्माता सुवास गिरीको बारेमा अनेकन समाचार बनिरहेका छन् । उक्त फिल्ममा समावेश एक गीत चोरीको आरोपमा प्रहरीले गिरीलाई हिरासतमा लिएको थियो । तत्पश्चात उनि करिब १७ घण्टा जस्तो प्रहरी हिरासतमा रहेर बुधबार छुटे ।

गिरीको रिहाइ हुँदै गर्दा प्रहरीको रोहवरमा उनि विरुद्ध गीत चोरीको जाहेरी दिएका निर्देशक सम्भु प्रधानले ११ लाख क्षतिपुर्ती पाउने र फिल्मबाट गीत हटाउने सहमति भएको थियो । बुधबार दिउँसो रिहा भएका गिरीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अरुको गल्तीमा आफुलाई फसाइएको भन्दै दुःख व्यक्त गरेका छन् ।

गिरीले लेखेका छन्, ‘छलफलको लागी बोलाएर अपहरण शैलीमा हिरासतमा राखी मनोमानी तरिकाले गीत चोरी आरोपमा टट लाख तिराइएको घटनाले दुःखी बनाएको छ ।’गिरीले प्रश्न गर्दै थपेका छन्, ‘संगीतकारको गल्तीमा पनि छलफल गरेर समाधान गर्न तयार हुँदाहुँदै अग्रज दाइहरुबाट यो व्यवहार उचित थियो ।’

अग्रजहरुको यो प्रकारको व्यवहारबाट भोलीको दिनमा चलचित्र क्षेत्रमा आउने नयाँ निर्माता तथा कलाकारहरुले के पाठ सिक्ने सोच्ने बेला आएको समेत गिरीले लेखेका छन् । साथै उनले उक्त घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा साथ दिने सबैप्रति आभार र धन्यबाद समेत दिएका छन् । यसअघि ‘सम्झना’ फिल्ममा समावेश भएको गीत ‘उकालीमा अघि अघि’ बोलको अडियोलाई ‘कृ’मा विना अनुमति समावेश आरोप प्रधानले लगाएका थिए । ‘कृ’मा यो गीत समावेश हुँदा संगीतकारमा नाम अल्मोडा उप्रेती रानाको छ ।

यस्तो छ गिरीको स्टाटसको पुर्ण पाठः

Comments