‘चङ्गाचेट’ सुरु, एउटै फ्रेममा आयुष्मान, प्रियंका र परमिता
फिल्म ‘चङ्गाचेट’को शुभ मुहर्त गरिएको छ । मंगलबार चाबहिल स्थित गणेश मन्दिरमा फिल्म निर्माण टिम तथा कलाकारहरुले क्यामेरा पूजा गरे । दिपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्मका निर्माता माधव वाग्ले हुन्, मंगलबार नै छायाँकनको लागी फिल्म युनिट पुर्वी नेपालतर्फ मुभ भइसकेको छ ।
मुहर्तमा लिड कलाकार प्रियंका कार्की, आयुष्मान देशराज, सन्दीप क्षेत्री, सुरक्षा पन्त, माओत्से गुरुङ, रविन्द्र झा लगायत उपस्थित थिए । तर अर्की अभिनेत्री परमिता आरएल राना भने देखिइनन् । यो फिल्ममा आयुष्मानकी पुर्व प्रेमीका परमिता र हालकी प्रेमीका प्रियंका एकसाथ देखिँदैछन् । जुन कुराले पछिल्लो समय चर्चा पाइरहेको छ ।
त्यसो त केहि दिन पहिले एक अन्तर्वार्तामा प्रियंकाले आयुष्मान र आफ्नो जोडी रहने भन्दै परमिताको भुमिकाबारे अनविज्ञता प्रकट गरेकी थिईन् । फिल्ममा अर्पण थापा, ऋचा शर्मा, आसिफ शाह पनि लिड अभिनयमा रहनेछन् । जनकपुर, धरान, काठमाडौं र पोखरामा खिच्ने फिल्मको छायाँकन नीरज कंडेलले गर्नेछन् । प्रोडक्सन म्यानेजमेन्टको नेतृत्व शंकर पाण्डेले लिएका छन् ।
प्रदिप भारद्वाजको लेखनमा बन्न लागेको फिल्ममा संगीत राजनराज शिवाकोटी र अर्जुन पोखरेलको रहनेछ । प्रिन्सेज मुभिजको ब्यानरमा बन्ने फिल्मको निर्देशनको लागी खनालले मोटो रकम लिएको खबरले यसअघि ठुलो चर्चा पाएको थियो ।